जनप्रगतिशील मोर्चा, युएईको महाधिबेशनको तयारी पुरा
काठमाडौँ । नेकपा माओवादी निकट नेपाली जनप्रगतिशील मोर्चा, युएईको आउदो जुलाई २४ मा हुन लागेको तेस्रो महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ । महाधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी अधिबेशन आयोजक समितिको सदस्य समेत रहेका प्रवेश लिम्बुले जानकारी दिए । ‘नयाँ युगको लागि नयाँ बिचारको आबस्यक्ता अनिबार्य परिवर्तनको लागि एकीकृत क्रान्ति अपरिहार्य’ भन्ने नाराका साथ सम्पन्न हुन् लागेको तेस्रो महाधिबेशनमा बिशेस अथितिको रुपमा माओवादी विदेश बिभाग अन्तर्गत मध्यपुर्ब इन्चार्ज आजाद सहभागी हुने बताइएको छ । अहिले मध्यपूर्व भ्रमणको क्रममा कतारमा रहेका आजाद जुलाई १७ मा जनप्रगतिशील मोर्चा, कतारको पाँचौं महाधिबेशन सम्पन्न गरेर २४ जुलाईको युएई मोर्चाको महाधिबेशनको लागि युएईमा आउने मोर्चाका बरिष्ठ सल्लाहकार शमर खत्रीले बताएका छन् ।