नेपाली युवतीलाई बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड
काठमाडौं, ७ पुस । गत फेब्रअरीमा भारत हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि नृशंस बलात्कारसहित हत्या गर्ने सात अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ ।
मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थनीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए ।
बलात्कारपछि उनको यौनांगमा ढुंगा र फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।
हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सिमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनिल, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।- एजेन्सी