‘नयाँशक्ति निर्माण अभियान’ कतारको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७२ पुष १९ गते, आईतवार

दोहा/कतार, २ जनवरी । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइको संयोजकत्वमा ‘सम्बृद्धी र सदाचार,सरल जीवन हाम्रो आधार’भन्ने मुख्य नाराका साथ केही समय पहिले सुरु भएको नया शक्ति निर्माण अभियानको बिदेशस्थित संगठन ‘नयाशक्ती निर्माण अभियान कतार’ को अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम जनवरी १,२०१६ मा दोहाको नज्मास्थित नाक्यान रेष्टुरेन्टमा सम्पन्न भएको छ। केही समय पहिले निर्माण भएको ‘नयाशक्ति निर्माण अभियान कतार’ का सम्योजक बि.बि खराल’रोशन’ को सभापतित्व,नयाशक्ती निर्माण अभियानकी अन्तरास्ट्रिय संयोजक एबम पुर्बमन्त्री हिसिला यमि को प्रमुख आतिथ्यता तथा नयाशक्ती निर्माण अभियान अन्तरास्ट्रिय बिभाग सदस्य शंकर भण्डारी तथा अभियान्ता अनुप अधिकारी विशेष अथितीको रहनुभएको उक्त कार्यक्रममा १६० भन्दा बढिको उपस्थिती रहेको थियो।
प्रमुख अतिथिबाट ब्यानर तल झारी उद्घाटन गरिएको उक्त कार्यक्रममा आउनुहुने सबैलाइ तिलबिक्रम थेवेले स्वागत मन्तब्यमार्फत स्वागत गरेका थिए ।अभियन्ता ध्रुब क्षेत्री (देबकोटा) संचालन गरेको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी तथा अभियानकि अन्तरास्ट्रिय संयोजक हिसिला यमिले ऐतिहासिक कालखण्डमा नेपालका राजनितिक पार्टीहरुले आआफनो लक्ष्य हासिल गरेका र एक हदसम्म पुजिवादी क्रान्ति सम्पन्न भएतापनि एउटा पुरानै पद्धति र संस्कारमा राजनिति अगाडी बढीरहेकोले यस्तो पुरानो प्रवृति र संस्कारबाट मुलुकको आर्थिक संमृद्धी, विकासको गति नबढने नै निश्चित रहेकोले अव नयाँ सोच, नयाँ मानसिकता र नयाँ विचारबाट एउटा नयाँ शक्ति निर्माण गरेर मुलुकको समुन्नत विकासको लागि लाग्नुपर्ने आवश्यकता महसुस गरेर आफुहरु यो अभियानमा लागेको बताउदै यो नयाँ शक्ति हिजोकै पुरानै शक्तिको परिवर्तित रुपमा वा त्यसको एउटा टुक्रा नभएर विभिन्न पुष्ठभूमीबाट आएका, नया विचार, नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ शैलीमा आवद्ध व्यक्तिहरुको संगठित रुप हुने किसिमले एउटा नया शक्तिको आवश्यकता रहेको बताए । यसका लागि पुरानो शक्ति या राजनितिक पार्टीहरुको अहिलेको वर्तमान संस्कार र पद्धतिबाट असंभव हुने हुनाले डा. भटटराईले पार्टी परित्याग गरेर एउटा नयाँ शक्ति निर्माणमा जुटेको बताए । यो नयाँ शक्तिमा पुराना शक्तिहरुबाट आएका, कुनैपनि शक्ति वा संगठनमा नलागेका व्यक्तिहरु, विशेष गरेर युवाहरुको संलग्नता हुनेछ । नेपाललाई केही दशकभित्र विकास र संमृद्धिको विद्यमान औसतलाई कमसेकम अन्तरष्ट्रिय स्तरमा पुरयाएर समुन्नत समाजवादको दिशामा मुलुकलाई अगाडी बढाउनका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउदै नया विचार र नया विकल्पको खोजी गर्ने क्रममा यो अभियान बहस र छलफल चलाइएको बताइन । साथै इतिहासको हरेक कालखन्डमा भएका आन्दोलनले एक न एक उपलब्धी हासिल गरेको बताउदै २००७ सालको आन्दोलनको राणाशासनको अन्त्य भएको, २०४६ मा भएको आन्दोलनले बहुदलिय ब्यबस्था ल्याएको तथा २०५२ सालदेशी २०६२ सालसम्म भएको दस बर्षे जनयुद्ध तथा २०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समाबेशी लोकतन्त्र तथा संघीयता स्थपना भएको बताउनुभयो।साथै उहाले आफुहरु मोटर गुडाउने अभियानमा रहेको बताउदै दस बर्षे जनयुद्धले मोटररुपी देशमा ४ वटा टायरहरु(संघीयता,धर्मनिरपेक्षता,समानुपाती समाबेशि लोकतन्त्र तथा गणतन्त्र?मात्र हालिदिएको र ती हावाबिहिन टायरहरुमा हावा भरेर मोटरलाइ निश्चित गन्तब्यमा पुर्याउने अभियानमा आफुहरु लागेकोले यसलाइ सबैले साथ दिएर सहयोग गर्नसमेत अनुरोध गरिन ।
उक्त कार्यक्रममा बोल्दै अन्तरास्ट्रिय बिभाग सदस्य शंकर भन्डारिले नया शक्ति निर्माण अभियानबाट अतालिएकाहरुले यसको बदनाम गर्न विभिन्न कपोलकल्पित समाचारहरु बनाएर प्रचार गरि जनतामा भ्रम सृजना गराएको भन्दै ती र तेस्ता भ्रामात्मक समाचारको बिश्वास नगर्न सबैमा आग्रह गरे ।डाक्टर बाबुराम भट्टराई ले भारतमा पढेकै आधारमा उहामाथी र अ को एजेन्टको आरोप लगाउने,हिसिला यमिलाइ दक्षिण एसियाकै भ्रस्ट भनेर आरोप लगाएर नया शक्तिलाइ बदनाम गराउन खोजिएको उनले बताए ।
उक्त कार्यक्रममा एमाओबादिको बिदेशस्थित भात्रीसंगठन नेपाली जनप्रगतिशिल मन्च कतारबाट बिद्रोह गरि नया शक्ति निर्माण अभियानमा सहभागी हुन निबर्तमान सचिब लाल भट्ट सल्लाहकार सदस्य नवराज सिंखडा ,जिज्ञासु,राजु पुडासैनी, शिबराज भट्टराई,दलित बिभाग प्रमुख बिजय सुन्दास,कृष्ण परियार,सोम परियार लगायत दर्जनौ अभियान्ताहरु प्रबेश गरेका थिए। अभियानमा आउनेहरुलाइ प्रमुख अतिथी हिसिला यमि तथा बिशेष अतिथी शंकर भन्डारिले खादा लगाएर स्वागत गरेका थिए । नबप्रबेशिहरुको तर्फबाट बोल्दै लाल भट्टले नयाशक्ती निर्माण अभियानमा सहभागी हुन पाउँदा आफुहरुलाइ खुसी लागेको बताए । साथै नेपाली जनप्रगतिशिल मन्च त्यागेको र नया शक्ति निर्माण अभियानमा लागेको प्रेश बिज्ञप्ति लाई नवराज सिंखडा ‘जिज्ञासु’ ले बाचन गरि सुनाएका थिए । साथै उनले जनयुद्धकालिन माओबादिको औचित्य २०६५ सालमै सकेर एमाओबादी निर्माण भएको,संविधान निर्माण सङ्गै एमाओबादिको औचित्य सकिएको भन्दै एमाओबादिको अबको कार्यदिशा के भन्ने प्रश्न गरेका थिए । उनले बाबुराम भट्टराई नया शक्ति निर्माण अभियानमा लागेपछी उहामाथी शहिदका सपना माथी घात गरेको जस्ता आरोप लाग्ने गरेको भन्दै वास्तविक शहिदका सपना के थिए र बाबुरामले कसरी शहिदका सपना माथी घात गरे भनी प्रश्न गर्दै इतिहासको ब्याज खाएर सत्ताको निम्ति टाउकाको मूल्य तोक्नेसङ्ग घाँटी जोड्नु शहिदको सपना हो कि आर्थिक सम्बृद्दी र बिकाश गरि देशलाइ निकाश दिनु शहिदको सपना हो भनी प्रश्न गरेका थिए ।
औपचारिक कार्यक्रमलाइ समापन गर्दै सभापती बि.बि खरालले यति बेला देश बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको र नेताहरुको स्वार्थ नाताबाद कृपाबाद ले गर्दा हामिजस्ता लाखौ युवा परदेशिनु परेको बताउने नयाशक्ति निर्माण अभियान ले यस्तो समस्या समाधान गर्न मुख्य भुमिका खेल्ने बताउदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गरेका थिए ।
औपचारिक कार्यक्रम समापत लगत्तै प्रेश मिटिङ गरि केही अभियान्ता तथा विभिन्न ब्यक्तिहरुले राखेको जिज्ञासाको जवाफ नयाशक्ती निर्माण अभियानकी अन्तरास्ट्रिय संयोजक हिसिला यमिले दिएकि थिइन ।

प्रतिक्रियाहरु

[anycomment]