कतारमा नया शक्ति निर्माण अभियान ओक्रा क्षेत्रीय समिती गठन
                दोहा,कतार ।  ‘सम्बृद्दी र सदाचार सरल जीवन हाम्रो आधार’ भन्ने मुख्य नाराका साथ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई शुरु गरेको  नयाँ शक्ति निर्माण अभियानको देश तथा बिदेशमा संगठनहरु निर्माण कार्य भैरहेको छ। केही समय अगाडि जनमुक्ती सेनाका पुर्ब लडाकु बि.बि खराल ‘रोशन’ को संयोजकत्वमा निर्माण भएको नयाशक्ती निर्माण अभियान कतारले कतारको ओक्रामा क्षेत्रिय कमिटी  गठन गरेको छ। नया शक्ति निर्माण अभियान कतारका उपसंयोजक लाल भट्ट,प्रबक्ता ध्रुब देबकोटा क्षेत्री,युवा सम्योजक तिर्थ गुरुङ नया शक्ति निर्माण अभियान मध्यपुर्ब सचिब जिएन पान्डेको सहभागितामा भेला तथा प्रशिक्षण कार्यक्रम गरि राम सन्जेल को नेतृत्वमा नया शक्ति निर्माण अभियान कतार ओक्रा क्षेत्रीय समिती निर्माण गरिएको छ। उक्त समितिमा  संयोजक -श्री राम संजेल ,उपसंयोजक – जनकनाथ योगी , सचिब – राजकुमार  थारु , कोषाध्याक्ष्य- खेम गुरुङ , युबा संयोजक -ढुन्डिराज आचार्य र सदस्यहरुमा  नरेश प्रसाद चौधरी, कल्याण खत्री  , खेम गुरुङ , अमित परियार , सुधन पाण्डे , पदम बंजन, रोमन थापा , बुद्दा जिब्बा , सुन्दर लामा , रमेश सुनार , नेच  प्रसाद भण्डारी, अमित ओजा, भुमेश्वर  कापर , जितेन्द्र यादब, धिरेन्द्र नेभानी  , अर्जुन गुरुङ , देबेन्द्र बिक , कुमार लामा , सगर मिश्र, सुरेश बिक  ,धनबहादुर बीरब, मिलन कामरे
र इत्यु प्रसाद ढुंगाना  रहेका छन । – नवराज सिंखडा ‘जिज्ञासु’
