बेलायतमा आमा – २ को लोकार्पण सम्पन्न
                काठमाडौ, १० माघ । निरमाया रोधीघर अल्डर सट, यु केमा  गतसुक्रबार याक्थुङ् माङगेन्ना चुम्लुङ्ग यूकेले सोही  सस्थाको  उपाध्यक्ष  कल्पना आङ्बुहाङको गीति  एल्बम आमा – भाग २ र सचिब जानुका काम्बाङ लिङ्देनको गीति एल्बम अनुभब र कविता संग्रह “सिविरमा इश्वर” को लोकार्पण  कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा आमन्त्रित साङगितिक,साहित्यिक. गीतकार तथा कवि र अन्य बिभिन्न संघ  सस्थाबाट उपस्थितीले कार्यक्रम स्थल  भरिभराउ  बनेको थियो। उक्त कार्यक्रम सस्था कै अध्यक्ष  कमला लिम्बुको अध्यक्षता र किरात याक्थुङ चुम्लुङका अध्यक्ष  काजिमान यक्सोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो  l  कार्यक्रमको   बिशेष अतिथिहरुमा स्रस्टा नोर्देन तेन्जिङ , डाक्टर रुपक श्रेष्ठ र  नृत्य निर्देशक गोबिन्द राईको उपस्थिति थियो  ।
 कार्यक्रम  सस्थाको महासचिब श्रीमती शुस्मिता कन्दंगवा (यक्सो)ले संचालन गरेकी थिइन् । मुकेश राई र डाक्टर रुपक श्रेष्ठले  आमा भाग २ र कविता संग्रह शिविरमा ईस्वरको समिक्षा गरेका थिए   ।
कार्यक्रममा गायक श्री गुरुङ र डम्बर सावाले आमा भाग २ र आदर्शबाट एक एक गीत गाएर मनोरन्जन दिलाएका थिए। दुवै स्रस्टाहरुले मन्तब्यमा सस्थाले  आयोजना गरेको र सबैको माया र हौसला प्रती उच्च कदर गर्दै धन्यवाद ज्ञापन  गरेका थिए ।
प्रमुख अथीती काजिमान यक्सोले ” सिबिरमा इश्वर” को एउटा र आफुले लेखेको एउटा कबिता बचन गर्दै आफ्नो मन्तब्य अन्त्य गरेका थिए।,अन्त्यमा सस्थाकी अध्यक्ष कमला लिम्बुले दुई स्रस्टाहरुलाई बधाई दिदै संस्थाका सबै कार्यसमिती, सल्लाहाकार, शुभ चिन्तक, कार्यक्रम सहयोगीलगायत  उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेकी थिईन।
