बेलायतमा मिराको भब्य सम्मान हुँदै

काठमाडौ, ९ बैशाख । विश्व अल्ट्रा म्याराथुन सिरिजमा उत्कृष्ट स्थान लिनसक्ने सम्भावना बोकेकि मिरा राइलाइ बेलायतबासी नेपालिहरुले हौसाला र प्रोत्साहन स्वरुप भब्य सम्मान गर्ने भएका छ्न । मिरालाइ मे १ तारिख सम्मान गरिने कार्यक्रम रहेको नेपाली युवा समुह बेलायतका अध्यक्ष रिचर्ड गुरुङ्ले जनाए । १२बर्षको कलिलै उमेरमा जनमुक्ती सेनामा लागेकी मिरा सेना समायोजनमा अयोग्य घोषित भएपछि भौतारिएर बिदेश जाने तरखरमा थिए।धन्न ढुङ्गा खोज्दा देउता मिले भने झैं उनको भेट बालाजु डो प्रतिश्ठान नेपालका अध्यक्ष धुर्ब बिक्रम मल्लसंग हुन पुग्यो । मल्लकै साथ अनि सहयोगमा मिराले सरकारको एक रुपैया पनि सहयोग नलिइकन विश्व अल्ट्रा धाबिका बन्न सफल भएकी हुन ।भोजपुर सानो दुम्माकी मिरालाइ हौसाला स्वरुप सम्मान कार्यक्रम साथै आर्थिक सहयोग गर्न लागिएको आयोजकले जनाइएका छ्न। – पि.डि.शेर्पा