मलेशिया सरकारले लेबि बढायो
काठमाडौं, २६ बैशाख । नेपालीहरु रोजगारको शिलसिलामा   विदेशीने देशहरु मध्य मलेशिया पनि एउटा  हो   हाल मलेशियामा करिब ९ लाख नेपालिहरु कानुनि र गैरकानुनी रुपमा काम गर्दै आएका छन ।  मलेसिया सरकारले कामदारको सेवा सुबिधा बढाउनुको सट्टा उल्टो लेबि बढाएर यहाँ कार्यरत  कामदार माथी अन्याय गरेको छ । यो महीनादेखि  लेबि बढाएर मासिक १०४ रिङेटबाट  १५४ रिङ्गेट बनाएको छ  ।  मलेशिया सरकारको यो कदमपछि यहाँ कार्यरत सबै देशका कामदारहरु आक्रोसित भएका छन   ।  सुरक्षाको हिसाबले पनि धेरै नै जोखिम पुर्ण ठाउँ हो मलेशिया  ।  यति जान्दाजान्दै पनि नेपाल सरकार र राजदुतावासले यस बारे कुनै चासो नदेखाउनुले नेपाली कामदार  सरकारप्रती  आक्रोशित भएका छन  ।  यहाँ कार्यरत नेपाली कामदारहरुको पुर्ण सुरक्षाको ग्यारेन्टी नहुदा र कामदरलाई उचित सेवा सुबिधा मलेशिया सरकारले उपलब्ध नगराउदासम्म तत्काल नेपाली कामदार मलेशिया आउन रोक लगाउनु पर्ने बताएका छन  ।  यहाँका कम्पनीहरुले पनि कामदारहरुलाई मानवीय व्याबहार  गर्दैनन्  ।  हरेक दिन यहाँ नेपाली कामदार घाइते बनाइने र मार्ने क्रम बढीरहेको छ  ।  यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा र उचित सेवा सुबिधा दिलाउन नेपाल सरकारले तत्काल कदम चाल्न जरुरी छ भने यहाँ विभिन्न कारणबस गैकानुनी  भएका नेपालीलाई तत्काल नेपाल फर्किने सहज वातावरण पनि नेपाल सरकारले बनाउनु आवश्यक छ । – सागर भट्टराई
