जनप्रगतिशील मोर्चा युरोपको संगठन विस्तारको क्रम तिव्र

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ, २८ बैशाख । नेपाली जनप्रगतिशील मोर्चा युरोपले आफ्रनो संगठन विस्तारको क्रमलाई तिव्रता दिएको छ । मोर्चा नेपाली जनताको क्रान्तिकारी परिवर्तनको पक्षमा विगत अढाइ दशक देखि निरन्तर संघर्षरत रहेको सस्था हो । विगतमा जनयुद्धले उठायका एजेण्डाहरुको समर्थनमा संघर्ष गरेको,नेपाली जनताको आन्दोलनलाई अन्तर्रराष्टिय समुदायमा प्रचार प्रसार गर्ने,समर्थन जुटाउने,नेपालमा अन्तर्रराष्ट्रिय हस्तक्षेपको डटेर विरोध गर्ने,प्रवासीयका नेपालीहरुको अधिकार लागि संघर्ष गर्ने,नेपाल लगायत अन्य देशहरुमा हुने प्राकृतिक विपत्तिमा परेका जनसमुदायहरुलाई सहयोग गर्ने लगायतका कामहरुले युरोपमा स्थापित संगठन हो ।
यो संगठनले संसदिय व्यवस्थामा विस्वास गर्दैन।त्यसैले युरोपमा हुने समाजवादी पक्षधर आन्दोलनमा सहभागिता जनाउंछ र समाजवादी पक्षधर राजनैतिक दलहरु तथा शक्तिहरु संग सहकार्य गर्दछ । विश्वका अतिविकसित पुंजीवादी देशहरुमा आएको संकट र ती संकटहरुको अस्थाइ हल गर्न संसदवादी सत्ता हरुले गरेका प्रजातन्त्र विरोधी हर्कतहरुको यसले विरोध गर्छ । त्यसैले वेल्जियम लगायत विविध देशहरुमा पुंजीवादी संसदवादी सत्ताहरुले गरेका प्रजातन्त्र विरोधी हर्कतहरुको विरुद्धको आन्दोलनमा सकृय सहभागिता जनाउंदछ ।
नेपालको अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक आधारमा टिकेको संसदिय व्यवस्थाले जतिसुकै सिंगार पटार गरेपनि र जतिसुकै राष्ट्रवादीको विल्ला भिरे पनि नेपाली समाजमा विद्यमान वर्गीय,जातीय,क्षेत्रीय,लिङ्गीय लगायतका सवै प्रकारका उत्पिडनको हल यो सत्तावाट सम्भव छैन र यसका लागि नेपाली जनताको गणतन्त्र स्थापना गर्नु पर्छ भन्ने मान्यताका साथ हाल यसले एकिकृत जनका्रन्तिले उठाएका एजेण्डाहरु र यसका पक्षधर आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दछ ।
अर्ध औपनिवेशिक आधारले संरक्षण गरेको दलाल पुंजीवाद र निगम पुंजीको कारणले देशको अर्थतन्त्र खोक्रो भएको,राष्ट्रिय पुंजी विस्थापित भएको, चरम संस्थागत भ्रष्ट्राचारमा देश डुवेको कारणले लाखौं युवाहरु विदेशको गल्लीमा श्रम वेच्न वाध्य पारिएको,देशका युवाहरुलाई विश्वको श्रम वजारमा निरिह पारेर वेच्न वाध्य वनाउने लाचार सत्ता विरुद्ध प्रवासमा रहेका सवै नेपालीहरुलाई एकजुट हुनको लागि यो संगठनले अभियान संचालन गरिरहेको छ ।युरोपको वेल्जिमय,जर्मनी लगायतका देशहरुमा शषक्त संगठन निर्माण गरिसकेको मोर्चाले संगठन विस्तारको क्रममा पोर्चुगलमा पनि आफ्रनो संगठनलाई विस्तार गरेको छ ।मोर्चा समर्थक साथीहरुको मे ८ २०१६ का दिन पोर्चुगलको लिस्वोन शहरमा सम्पन्न भेलाले नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगल अधिवेशन आयोजक समिति गठन गरेको छ । उक्त समितिमा संयोजक इन्द्र न्यौपाने,सदस्यहरु क्रमश मिङ्गमार लामा,पुर्ण वहादुर विश्वकर्मा,भुवन सिम्खडा,अन्जु मल्ल,हिक्मत वि क,नवराज पंगेनी,गंगा थापा न्यौपाने रहेका छन् ।
– विष्णु भुजेल,संयोजक , नेपाली जनप्रगतिशील मोर्चा,युरोप

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु