बेलायतमा नेपाली मुलका मेयर
काठमाडौं, ३० बैशाख । गुल्मीको रुपकोटका शंकर गैरे बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि मेयरमा निर्वाचित भएका छन् । गुल्मीको रुपकोट गाविसबाट सन् १९९४ मा बेलायत पुगेका र गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् ।
गतवर्ष सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइस्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे सोही वर्ष उपमेयर बनेका थिए । उनले आफ्नो जित जन्मभूमि र समस्त नेपालीको जित भएको बताएका छन् । यसअघिका मेयर बनेका काउन्सिलर जोन बार्नेस्लेले गैरेलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् । गैरेले करिब १७ हजार जनसंख्या रहेको स्वान्ली टाउन काउन्सिललाई प्रतिनिधित्व गर्दै त्यहाँको विकासमा एक वर्ष कार्यकाल खर्चने बताए ।