प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौ, ३१ बैशाख । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । प्रवासी नेपाली मञ्च बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजे तिर हलमा प्रहरी प्रबेश गरेको हो । स्रोतका अनुसार अधिबेधनमा नेतृत्वका लागि बिनोद न्यौपाने र बोधराज पौडेलले उम्मेदवारी दिएका थिए । सहमतीको प्रयासबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनको माध्यामबाट नेतृत्व चयन गर्नुपर्नेमा कार्यक्रममा सहभागि हुन आएकी एमाले नेतृ रामकुमारी झांक्रीले निर्वाचन प्रकृया रोकेको आरोप लगाइएको छ ।
अधिकांश सदस्यहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि झंक्रीले निर्वाचन सम्पन्न हुन नदिएको बताइएको छ ।
नेतृत्व चयनका लागि एनआरएनए केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष्ँ रामशरण सिंखडा, पोर्तुगलका प्रतिनिधि गोविन्द पौडेल र इटालीका प्रतिनिधी सम्मिलित अध्यक्ष्ँ मण्डल बनाइएको थियो । अध्यक्ष्ँ मण्डलले पनि निर्वाचन सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि अधिबेशन स्थगित भएको हो । एनआरएन केन्द्रिय प्रतिनिधि श्रेष्ठ समेत पार्टीको निर्वाचन मण्डलमा रहेपछि बेल्जियमस्थित प्रवासी नेपाली मञ्चका कार्यकर्ताहरुले आश्चर्य मानेका छन् ।
निर्वाचन प्रकृयामा जांदा अध्यक्षका उम्मेदवार मध्य बोधराज पौडेलले जित्ने सम्भावना भएपछि नेपालबाट आएकी नेतृ झांक्री लगायत अध्यक्ष्ँ मण्डलका साथीहरु झस्किए, एक नेताले भने, ‘एनडिएफ बेल्जियमलाई आफन्त भर्ति केन्द्र बनाउन हामीले दिएनौं ।’
निर्वाचनमा हार हुने अवस्था देखेपछि अध्यक्षका प्रत्यासी विनोद न्यौपानेका समर्थकहरुले निर्वाचन कार्यक्रममा भांजो हालेका थिए । साथै हलमा केही महिलाहरुलाई उचालेर सहमतिको नाममा सबैलाई धम्काउने प्रयास भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु