यस्तापनि नेपाली…
काठमाडौं, १ जेठ । झट्ट सुन्दा अचम्म लाग्छ नेपालीद्वारा नेपाली नै लूटीए भन्दा, तर प्राय ठाउँमा यस्ता लुटीएका घटना घटिरहने हुदा नौलो कुरा भएन । चोरी गर्ने चोरका अनेक तरिका हुन्छन् । एस्तै एक घटना घटेको छ यूएईमा पनि । धादिंग त्रिपुरेस्वर गा बी स खहरे -३ घर भई हाल बैदेशिक रोजगारीको लागि यूएई आबुदाबि स्थित सेल्फजिज रेस्टुरेन्टमा बिगत २ साल देखि काम गरीरहनु भएका मुरारी तिमसिना यस्तै ठगिमा परेको खबर छ ।
में १२ राति आबुदाबि देखि दुबै आफ्नै काम बिषेशले आउनुभएका मुरारी दुबइको बुर दुबै अल्गुबैबा मेट्रो स्टेशनमा आएका थिए । प्राय छुटीको दिन उक्त स्टेशनको पार्कमा नेपालीहरुको भीड़ नै लाग्ने गर्दछ । नेपालीहरुको भेटघाट गर्ने थलो नै अल्गुबैबा मेट्रो स्टेशनको पार्क भएको छ । यहा चारै तीर नेपाली हरुकोमात्र जमात देखिने गरिन्छ । यस्तै मुरारी तिमसिनाको उहि पार्कमा नेपाल झापा देखि भिजिट भिसामा आएका अर्का आफ्नै थर गरेका अनिरुद्र तिमसिना नाम गरेका ब्येत्तिसंग भेट भई दाजु भाईको साइनो लगाउँदै कुराकानीको क्रममा नजिकिएको र बेलुका सँगै बास बस्ने निर्णय गरी बुर दुबई स्थित SKYWAY HOTEL मा गई एउटै कोठा लिएर कोठा नम्बर २१६ मा बास बसेको र बिहान उक्त अनिरुद्र तिमसीना मुरारिको सम्पूर्ण सामान छानबीन गरि घाटीमा लगाएको ३.५ तोला सुनको सिख्रि सहित ७ हजार यूएई दिराम लिएर फरार भएको र ५ सय दिराम छोड़ेको उहि पैसाले होटलको खर्च २५० दिएर बाहिर निस्कीएको भनी यूएई स्थित मजदूर संगठन जनप्रगतिशील मोर्चा समक्ष निबेदन दिएको जानकारी मोर्चाले जनाएको छ ।
आबुदाबि स्थित सँगै काम गर्ने एक साथीको नेपाल पठाई दिनु पर्ने पैसा सहित आफ्नो ब्यत्तिगत कामको लागि उनिहरू दुबै आएका थिए । साथै पीड़ित मुरारी होटलमा सँगै बस्दा उनिहरु दुबै जनाको पासपोर्ट फोटोकपी बुझाएको समेत जानकारी गराएका छन । पीड़ित मुरारीले यूएई प्रहरी सामू आफु लुटिएको बयान दिए पनि प्रहरीले अपराधीलाइ समातेर ल्याउन भने पछि उनले मोर्चालाइ निबेदन गर्दै खोजतलासमा सहयोग गरिदिन आग्रह गरेको मोर्चा निकट एक केंद्रीय सदस्यले बताए साथै नेपाली जनप्रगतिशील मोर्चा यूएईले अनुसन्धानको लागि एउटा गोप्य टीम निर्माण गर्दै अनुसन्धान तिब्र बनाएको पनि बताएका छन । – रमाकान्त बास्तोला