अब काेरियामा नेपाली कामदारले मासिक १ लाख ३० हजार पाउने

२०७३ श्रावण २ गते, आईतवार

काठमाडौं । रोजगार अमुनति प्रणाली (इपीएस)मार्फत कोरिया पुगेका नेपाली कामदारले अागामी वर्षबाट न्युनतम् मासिक तलवमा १ लाख ३० हजार रुपैयाँ पाउने भएका छन् । सन् २०१७ देखि लागू हुने गरी कोरियामा इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलबमा यसरी वृद्धि गरिएको हो । कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएसबाट ल्याइएका कामदारको तलवामा ७ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । अब यही प्रणालीमार्फत भाषा परीक्षा पास गरेर गएका नेपालीको पनि न्युनतम् तलवमा वृद्धि हुने कोरियाहेराल्ड डटकमले समाचारमा उल्लेख गरेको छ ।
नयाँ स्केलको तलब पाउन २ महिनाको २ सय ९ घण्टा काम गर्नुपर्नेछ । अहिलेको घण्टाको ६ हजार ३० वन पाउँदै आएका कामदारले अब प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउनेछन् । पारिश्रमिक निर्धारण समितमै ज्याला बढाउने नबढाउने विषयमा मत बाझिएपछि भोटिङ गरिएको थियो । बहुमत सदस्यले ज्याला बढाउनुपर्ने पक्षमा मत खसालेका थिए । मत परिणामपछि मन्त्रालयअन्तर्गतको पारिश्रमिक निर्धारण परिषद्का अध्यक्ष पार्क जोन सङले २०१७ मा कामदारको तलव ७.३ प्रतिशतले वृद्धि गरिने जानकारी दिएका हुन् । पारित भएको तलब बढाउने प्रस्तवमाथि अब उजुरीहरुको सुनुवाइ हुनेछ । त्यसपछि मन्त्रिपरिषदले पारित गरेर आउँदो जनवरीबाट नयाँ पारिश्रमिक दर कार्यान्वयनमा जानेछ ।
तर मजदूर संगठन केसिटियु र एमटियुले सरकार र रोजगारदाताका प्रतिनिधिले मात्र निर्धारण गरेको पारिश्रमिक नमान्ने बताउँदै विरोध शुरु गरेका छन् । चर्को महंगी र मजदुरको अवस्थालाई अध्ययन नै नगरी गरेको निर्णय आफूहरुले नस्वीकार्ने बताए । मजदुरले प्रतिघण्टा १० हजार वन पाउनुपर्ने माग उनीहरुको छ ।
तलव बढ्दा त्यहाँ रहेका झण्डै ३३ लाख ६० हजार विदेशी कामदार लाभान्वित हुने कोरियाको श्रम मनत्रालयले जनाएको छ । हाल इपीएस प्रणलीमार्फत करिब ३८ हजार नेपाली कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रमा कार्यरत छन् । यो वर्ष नेपालबाट थप ३१ सयले लैजान कोरिया भाषा परीक्षा लिइसकेका छन् । जसमा करिब ५७ हजारले भाग लिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]