प्रधानमन्त्रीलाई प्रवासीको पत्र – आदित्यलाई किन एक करोड दिइयो ?

२०७३ श्रावण २ गते, आईतवार

सम्माननिय प्रधानमन्त्री ज्यू
आदित्य दाहाल शारीरिक रूपमा अस्वास्थ्य हुन । यदि उसलाई एक करोड दिन्छ भने ऊ जस्ता हजारौ शारिरिक कम्जोर नेपाली बाल बालिका हरूलाई पनि दिनु उचित छ। यदि उसको भबिस्य वाणी सही छन भने पनि एक करोड दिन लायक आदित्य दाहाल मात्र छैनन । आदित्य दाहाल जस्ता सयौ ज्योतिषी भबिस्यबाणी गर्ने छन । ती ज्योतिषले पनि आदित्य जस्तै देख्ने दावी गर्छन । ती देख्ने दावी गर्ने ज्योतिष सबैलाई दिनु पर्छ । होईन भने आदित्य टुहुरा अनाथ पनि होईनन । आदित्य त भन्सार बिभागको स्थायी कर्म चारी तथा एमाले सम्बद्ध एक आर्थिक सम्पन्न परिवारका ब्याक्ती हुन । यस्ता ब्याक्तीलाई राज्यको ढुकुटीबाट एक करोड दिनु भनेको एकात्मक जातियवादको हैकम चलाउनु सिवाय अरू केही होईन । जजस्को सहमतीबाट उक्त रकम दिईए पनि आम नेपाली जनतालाई यो अपाच्य हुने छ । हेक्का रहोस यो निर्णयले एमालेलाई धक्का पुर्‍याउने छ । सारा स्वाभिमानी नेपाली जनताले सराप्ने छन । हो नेताहरूको ब्याक्तित्वको भबिस्यबाणी सन्दर्भमा ब्यक्तिगत रूपमा आर्थिक सहयोग गरे यस्ता सवाल पाखा लाग्ने नै थियो । जो नेताको भबिस्यवाणी गरि दियो यदि देख्यो भने त्यो नेताले आफ्नो ब्याक्तिगत पैसा दिनु पर्छ । एकात्मक हैकम चलाउन राज्यको ढुकुटी खर्च गर्न समानताको ब्यावहार हुन्न । भोलि अरू जाती शारीरिक रोगी आदित्य जस्तै निस्के राज्यले सम्बोधन गर्ला ? मलाई लाग्दैन गर्छ भनेर ! यो निर्णयले सरकारको शाख गिरायो । यो लथेप्रे गु ब्वाईले रू. एक करोड पाउछ भने – हजारौ हजार गरिवी बिरामीहरू एउटा सिटामोलसम्म खान नपाएर हस्पिटलको सैयामा मृत्युसङ्ग संघर्ष गरिरहेका छन । लाखौ लाख भुकम्प पिडितहरू गाँस बास र कपासको अभावमा मरितुल्य भएका छन । ती पिडित सबैले पाउनु पर्छ । आखिर यो गु ब्वाईको नेपाली समाजमा योगदान के ? जबर जस्त किन बढाई चढाई गरिन्छ । आदित्य शारीरिक रोगी हो यसमा उसको कुनै दोष छैन ।
कृष्ण वनेम , हाल – हङकङ

प्रतिक्रियाहरु

[anycomment]