बेलायतमा मुन्धुम सांगीतिक साँझ हुने
                काठमाडौ, २६ साउन । याक्थुङ् माङ्गेना चुम्लुङ्   बेलायतले आउदो शनिबार अर्थात १३ अगष्ट्का दिन मुन्धुम  सांगीतिक साँझ आयोजना गरेको छ  । याक्थुङ,माङ्गेन्ना चुम्लुङ,युकेको पहल र निमन्त्रणामा लिम्बु “मुन्धुम संगित” का खोज तथा अनुसन्धानकर्ता तथा गायिका” झुमा लिम्बु (वनेम) संग मुन्धुम सांगीतिक साँझ” कार्यक्रम गर्न लागिएको  याक्थुंग माङ्गेन्ना चुम्लुङ्ग बेलायतको महा सचिव  सुस्मिता कन्दंगवाले बताएकी छन ।  यहि आउदो १३ अगस्ट २०१६ सनिबार  साझ ५ बजे  बृहतरुपमा हुने  सो कार्यक्रम याक्थुंग मुन्धुमलाइ उजागर गर्नको लागि पहिलो पटक बेलायतमा आयोजना गरिएको उपाध्यक्ष   कल्पना आङ्गबुहाङ्गले बताएकी छन ।
सो कार्यक्रममा  गायिका झुमा लिम्बु र असली वनेमको बिशेष  प्रस्तुति रहेको आयोजकले बताएका छन   । याक्थुङ माङ्गेना चुम्लुङ बेलायतको आयोजनामा हुने सो मुन्धुम  सांगीतिक साँझमा प्रस्तुति दिन झुमा लिम्बु वनेम र असली वनेम  बेलायत पुगी सकेका छन ।
