बिदेश एउटा सपनाको महल – रमाकान्त बास्तोला

२०७३ आश्विन १६ गते, आईतवार

अचम्म लाग्थ्यो गाउका धेरै युवा बिदेश जाने आउने गर्दा अनि उत्सुकता पनि उत्तिकै कस्तो होला बिदेश भन्ने । गाउका बुडा पाका आमा बुवा पनि यही भन्नु हुन्थ्यो छोरा बिदेश गएर कमाएर हामीलाई पाल्ने कहिले होला ? गरीबी र बेरोजगारी को चपेटा भित्र गाउमा एक छाक टार्न मुश्किल त्यि बाबू आमा ऋणको पीर, उज्जल संसार र सुदृढ़ भबिस्य सँगै सुख पाउने चाहना हुदा बिदेश एउटा सपना को महल बनेको रहेछ ।
हुनत यी गरीब परिवार मात्रको समस्या कहाँ थियो र । माथिल्ला घरे पण्डित बाजेका धेरै जग्गा जमीन हुदा पनि उहाका दुइ छोरा प्रदेशमा नै थिए । देशको राजनीतिक र समाजको परिबेशले गर्दा बिदेश पठाउनु परेको उहाँले गुनासो पोख्नुहुन्थ्यो । यस्तै गाँउ घरका नौ जवान युवा यूबतिहरु क्रमिक बिदेशिने संख्या ह्वात्तै बढेको हुदा बिस्तारै गाँउ शुनशान जस्तै हुन पुग्यो । कसैलाई त खुल्ला आकाशमा उड़िरहेको जाहजलाइ देखेर पनि बिदेश आउने सपना बुनिरहेका हुन्छन । मीठा सपनालाई मन भित्र सजाउदै दुइ थोपा आशु लुकाएर केहि पाउने अबिलाषा सहित पर्देशियका हाम्रा नौ जवान यहां आएर यथार्थ भोग्दा र बुझ्दा बिलकुल फरक ।
जब मानिस आफ्नो परिचय स्थापित गर्नका लागि नागरिकता बनायो तब देखि नै सुरु हुन्छ उसको युवापनका गहकिला संघर्षका दिनहरु । गरिबिका कारण ऋणको बोझ खेप्न बिबश परेका आमा बुवा को जीबनयापन र आफ्नो सुदृढ़ भबिस्य खोज्दै सपनाका लहर बुन्दै बिदेश आउछन् । तर यहां पृथक !
गतिलो बॉस, राम्रो तलब नहुँदा पो मानिस झस्कन्छ । दिनरात साउको गुनासो, साउको टोकसो, गाली सँगै अनबरत घाम पानी हुरी बतास नभनी काम गर्नुपर्दा उसलाई थाहा हुन्छ बिदेश के हो ! मानसिक रोगी बन्न पुग्दछ मानिस ! स्मृति पटमा मातृभूमिको सम्झना लगातार आई रहदा उसको मनस्थिति कमजोर बन्न पुग्दछ । मानसिक रोगको शिकार हुन पुग्दछ । जसकारण डिप्रेशनको कारण आत्महत्या गर्नेहरु को पनि संख्या अधिक पाइएको हुन्छ यहां , साथै एक सज्जन मानिस पनि जाडरक्सी जस्तो कुलतमा फसीएको हुन्छ र उसको भबिस्यको सपना तुहाइरहेको हुन्छ यहाँ।
हामीले जे भोगेका छौ त्यसको पिडा स्वयम हामीलाई नै थाहा हुन्छ र पिडा हामीले नै खेप्नुपरेको हुन्छ । अक्सर मानिस यहाको अबस्था थाहा नपाउदा नै समस्या मा परेको हुन्छ । अल्मलिएको हुन्छ । बिदेशका कैयेउ मजदुरहरु जो दुख र पिडाले रुखो बनिसकेको एक नर्क सरि जीवन जिउन बाध्य बनेका छन्। भने केहि ऐस आराम र मनोरन्जनले भविष्य बिगारि रहेका पनि छन् । घर परिवारको वास्ता नगरी लामो समय बिदेशमा नै बिताएका धेरै मानिस हरु यहाँ छन् जसको कथा झनै पीडादाय हुन्छ । कुनै शिप बिना नै मानिसहरु विदेशिने हुदा स्वदेशमा आमा बाबुको कोखमा पुल्पुलिएको मानिस , साथी भाइ सँग मनोरन्जनमा ब्यतित बनेको मानिस यहाँ आउदा उसले अर्को संसार भेटेको हुन्छ जसले पनि उसको मानसिकता मा गम्भीर ठेस लागेको हुन्छ ।
अर्को झनै बुझ्नु पर्ने कुरा त यहा नेपाली ले नेपाली लाइ नै ठग्ने , लुट्ने, फसाउने काण्ड नै रोचक छ । यो क्रम युएईमा झनै अधिक हुने गरेको छ ।
कसरि ठगिन्छन त मजदुर हरु
भिजिट या आजाद भिसा मार्फत आउने मानिस अधिक यस्ता ठगको हाता परेका छन।
श्रम मन्त्रालय देखि भन्सार हुदै यहा सम्म फैलिएको माकुरी जालो जो ठग दलाल हरुको जालो रहेको हुन्छ । मेनपावर कम्पनी संगै ट्राभल्स एजेन्सी र केहि मनी एक्स्चेंज हरु नै मुक्य नाइके हरु हुने गर्द्छन् ठगी गर्ने हरुमा । बिभिन्न बहानामा काममा लगिदिने र मोटो कमाई हुने अनेक बहाना गर्दै नाता जोड्दै चिल्ला गफमा लिप्त बनाउने जादु सरि आवाजका साथ फसाईएको हुन्छ यहा आउने कामदारहरुलाई । काम मा लागाइ दिने बहाना मा पहिले नै उनीहरु आफ्नो हिस्सा माग्ने र पछि काम मा लगाउन ठीला सुस्ती गरि उसको भिसा सकिदा सम्म लुक्ने वा सम्पर्क बिहिन बनिदिने गर्दा धेरै मानिस नेपाल फर्केका छन साथै नेपाल फर्कन नसक्दा यही जेल जीवन बिताएका पनि धेरै छन् । हरेक गल्लि मा भेटिने यस्ता दलालहरु यहा रहेका अथवा नाम कहलिएका समाजसेवी, संघ सस्थाहरु को नै छायामा लुकेर बसेका हुन्छन। संघ सस्था द्वारा समेत कुनै कार्यक्रमको बहानामा मजदुर देखि नै मोटो रकम उठाई अप्रत्यासित तरिकाले लुटिरहेका हुन्छन यहाँ । संघ सस्था का कार्यक्रम हुदा इनै ठग अगाडी शोफामा देखिने झन् बडो गम्भीर बिषय यहाँ छ । हुण्डी धन्दा पनि यहा हुने दुइ नम्बरी धन्दा हो जो इनै दलालहरु द्वारा नै संचालित भएको पहिन्छ l साथै इराक, अफगान, क्यानडा आदि देश मा पठाउने भनेर मोटो रकम खादै अबैधानिक रुपमा मानब तस्कर गर्ने नेपाली हरु पनि यहा छन् जो यही व्यापार ब्यबसाय गर्दै आएका नेपाली नाम दिने कम्पनी, पसलहरु , ट्राभल्स एजेनसि आदि नै सम्लग्न रहेको पहिन्छ ।
यस्तै अर्को समस्या को भागीदार कामदार आफै बनेको पहिएको छ । मुख्य समस्या यहाँ हुने सास्कृतिक समस्या हो । बिभिन्न पार्क, होटल आदि ठाउमा जहाँ नेपालीको ठुलो जमात हुन्छ त्यहा घरको सपना मारेर बिचलन मा होमिएका युवा युवतीको लज्जास्पद भिड। अझै भन्नु पर्दा यहा नेपाली हरु रक्सि ले मातेर आफ्नो जिबन नै धराप मा पारि रहेको जमात पनि उस्तै हुन्छ । रक्सीका कारण जेल जिबन बिताएका नेपाली हरु अधिक छन यहाँ भने अस्पताल मा पनि धेरै नेपाली रक्सीको नै कारण बिरामी भएको तथ्यांक देख्न सकिन्छ। यस्तै सडक दुर्धटना पनि धेरै मात्रामा अल्कोहल कै कारण भएको हुन्छ । यहाको अल्कोहलमा अधिक मात्रामा केमिकल हुने हुदा डिप्रेशन को सिकार हुने , मानसिक अबस्था कम्जोर हुने र बिभिन्न रोग ले ग्रसित बनाउने गर्दछ जुन यस्ता दलदल मा फसेका हरुले बुझेको देखिदैन । बिकृति र विसङगति संगै नाचिरहेका छन् यहा एकाद नेपाली हरु त्यसैले विदेश ले जिबन यापन गर्न र उसले देखेर आएको सपना पुरा गर्न नसक्ने ठाउँ हो, विदेश एक कारागार हो जसले मन भित्र को सपना र उसको जिबन नै बन्धक बनाएको हुन्छ । विदेश एक निराशा , र गुलामी संगै मानिसको जिबन नर्क बनाउने कारखाना हो ।
उज्जल जीबन र सुदृढ़ भबिस्य को अन्धो सपना बोकेर, घर परिवार त्यागी विदेश न आउनुहोस तपाईलाइ यहा साथ दिने कोहि हुदैन , ठगिनु हुन्छ यहाँ आफ्नै देखि , लुटिनु हुन्छ यहाँ आफ्नै देखि । सपनाका महल को आस मा जिबन खराब नबनाउनु होस् ।

प्रतिक्रियाहरु

[anycomment]