भारतीय हस्तक्षेप बिरुद्ध प्रवासी

२०७३ आश्विन २१ गते, शुक्रबार

काठमाडौं, २१ असोज । नेकपा (माओवादी)को प्रवासी मोर्चा नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले छलफल तथा बैठकको आयोजना गरेको छ । अक्टोबर १९ तारिखमा मलेसियाको केएल कोतरायस्थित नयाँ आइएमी बैंक नजिकै विस्तारित बैठकको आयोजना गरिएको मोर्चाका केन्द्रीय सल्लाहकार विवशकुमार सेजुवालले जानकारी दिएका छन् । मोर्चाका अध्यक्ष सुमन श्रेष्ठले एक सूचना जारी गर्दै उक्त विस्तारित बैठकमा उपस्थित हुनका लागि मलेसियामा रहेका सबै पार्टी सदस्य तथा पार्टीमा आस्था राख्ने सबैलाई अनुरोध गरेका छन् । सो बैठकमा नेपालको समसामयिक राजनैतिक परिस्थितिका साथै मलेसियामा रहेका नेपालीहरुको अवस्थाका बारेमा पनि
छलफल गरिने मोर्चाले जनाएको छ । मोर्चाका सल्लाहकार सेजुवालले नेपालमा प्रचण्ड नेतृत्वको सरकारले विभिन्न राष्ट्रघाती सम्झौताहरु गर्दै गएको र नेपालको राजनीतिमा फेरि भारतीय हस्तक्षेपलाई बढावा दिएको भन्दै त्यसका बारेमा पनि प्रवासबाट खबरदारी गरिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]