भारत–पाकिस्तान सीमामा ‘क्रस फायर ‘

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । भारत र पाकिस्तानको सीमावर्ती काश्मिरमा केही दिनदेखि जारी गोलीबारीमा २४ जनाको मृत्यु भएको छ । सीमा पारीबाट भएका गोलाबारीका लागि भारत र पाकिस्तानले एकअर्कामाथि आरोप लगाउँदै आएका छन् । गत शुक्रबार यता कम्तिमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । मारिनेमा सर्वसाधारण तथा बालबालिकासमेत रहेको बताइएको छ । मंगलबारमात्रै पाकिस्तानी पक्षले गरेको आक्रमणमा भारतका ८ सर्वसाधारण मारिएको भारतीय अधिकारीहरुले बताएका छन् । यसअघि सोमबार भारतीय सेनाको आक्रमणमा ६ जना पाकिस्तानी नागरिक मारिएको दाबी पाकिस्तानले गरेको थियो । सीमावर्ती क्षेत्रमा जारी आक्रमणले काश्मिरमा मानवीय संकट पैदा गरेको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]