जन प्रगतिशिल मोर्चा मलेसियाद्वारा जनअधिकारको निम्ती खबरदारी

काठमाडौं , २० कात्तिक । नेकपा माअाेबादी निकट जन प्रगतिशिल मोर्चा मलेसियाले नेपाली जनताको जनअधिकारको निम्ती खबरदारी गरेको छ । मोर्चाका प्रवक्ता आयुश खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै सो खबरदारी गरेका हुन् । प्रवक्ता खड्काले नेकपा माअाेबादीले नेपालमा गोर्खा रेजिमेण्टलाई कास्मिरमा प्रयोग नगर्न भन्दै गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा व्यापक धडपकड गरिएकोमा बिरोध जनाउदै जन सरकार प्रामुख सन्तोष बुढा मगरलगायत दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर निन्दा तथा भत्सर्ना गरेका छन । साथै उनले गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाइको लागि जोड्दार अपिल समेत गरेका छन ।
प्रवक्ता खड्काले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ : “महान तथा गौरवशाली पार्टी ने क पा ( माओवादी ) प्रवासशाखा मलेसिया जन प्रगतिशिल मोर्चा मलेसियाले राष्ट्रिय स्वाधीनता र नेपाली जनताको अधिकार प्राप्तिको लागि निरन्तर खबरदारी र संघर्ष गरि रहेको छ। हाम्रो पार्टीले राष्ट्रिय स्वाधीनता, जनजिविका , दलालिकरण ,भ्रष्टाचार , भातिय बिस्तारवादी नाङ्गो हस्तक्षेप र नेपाल सरकारको लम्पसार प्रविधिको विरुद्ध निरन्तर संघर्ष गरिरहेको छ।यहि सिलसिलामा गोर्खा रेजिमेण्टलाई कास्मिरमा प्रयोग नगर्न भन्दै गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा व्यापक धडपकड गरिएको छ।नेपाली जनताको नैसर्गिक अधिकार माथी लम्पसार दलालको हस्तक्षेप भएको छ । बिना कारण गिरफ्तार गर्ने फासिवादी हर्कत जारी छ ।आज मात्रै नेता अनिल शर्मा (बिरही),जन सरकार प्रामुख सन्तोष बुढा मगर लगायत दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ।लम्पसार सरकारको यो निरङ्कुश रवैयाको प्रावासी संगठन नेपाली जन प्रगतिशील मोर्चा मलेसिया घोर निन्दा तथा भत्सर्ना गर्दछ। पोखरा र काठमाडौको विभिन्न ठाउँबाट गिरफ्तार गरिएका हाम्रो नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाइको लागि जोड्दार अपिल गर्दछ।”