कुवेतमा अलपत्र महिलाको उद्धार
काठमाडौ, २२ कात्तिक । कुवेतको एक घरमा कार्यरत नेपाली महिलाको उद्दार गरिएको छ । फेसबुकबाट ओखलढुंगाका संचारकर्मीहरुसँग समस्यामा परेको भन्दै सम्पर्कमा आएकी सिन्धुपाल्चोककी पुजा लामाको उद्दार गरिएको छ । एनआरएनए कुवेतकी महिला प्रतिनिधि मधु बगरले नेपालबाट कम्पनिमा काम गर्ने भनेर एजेन्टमार्फत खाडी मुलुक कुवेत पु-याइएकी लामाको उद्धार गरिएको बताए ।
घरायसी कामदारका रुपमा गत फेब्रुवरी २१ मा कुबेतको ज्याखोर सिटी साददुल्लाको ब्लक न.ं १११ घर नं.६ को ईसारामा पुगएकी थीइन । घर मालिकको अत्याचारमा परेकी पुजा ओखलढुगा स्थित रमाइलो सामुदायीक रेडियोका मनोज भट्टराइको सानो प्रयासका कारण एनआर एन कुवेतको सम्पर्कमा आएकी हुन् । पूजालाई एनआरएनए कुवेत र दूतावासका कर्मचारी तथा विभिन्न व्यक्तिको सहयोगमा कार्तीक २० गते कुवेत दूतावासमा पु-याइएको छ ।