बिप्लब कमरेडलाई पत्र

२०७३ पुष ११ गते, सोमबार

अादारणीय महासचिव ,
सर्बप्रथम क्रान्तिकारी जोसिलो लाल सलाम
सर्बप्रथम सानो पत्र लेख्ने अनुमति माग्दै लेख्न गहीरहेको छु। जनताको न्याय पाउनुपर्छ भनेर न्यायपुर्ण बिरोधको राजनीति गरेका थियौ, अब बन्दुकको राजनीति घोषणा गर्नुहोस् महाधिवेशन मा पारीत गर्नुहोस्। यसरी हेर्दा विश्व मानव समाजमा मानिस–मानिसका बिचमा उत्पन्न असन्तुष्टीहरु समुदाय–सुमदाय बिचमा उत्पन्न झैँ–झमेलाहरु कम्पनि–कम्पनिहरुको बिचमा प्रयोग भएका षड्यन्त्रहरु, देश–देशहरुका बिचमा पैदा भएको अन्तरविरोधहरु र त्यस प्रकारको असन्तुष्टी, झमेला , षड्यन्त्र, अन्तरविरोधहरुबाट प्रारम्भ भएका राजनीति अान्दोलन र युद्धले दिएका जनप्रतिनिधी चुन्ने- चुनाउने र सरकार निर्माण ÷वर्हिगमन सम्मको हैसियत राख्छ । उल्लेखित विशेषताहरुलाई गहिरिएर अध्ययन गर्ने हो भने विश्वका शक्ति सम्पन्न र शक्तिशाली मुलुक अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय र भारतको प्रधानमन्त्री निर्वाचनमा नरेन्द्र मोदीको विजय विश्वका उदाहरण हुन् । यसलाई नेपालको सापेक्षतामा हेर्ने हो भने दोस्रो संविधानसभाको निर्वाचन परिणाम, संविधान निर्माण र सरकार निर्माण र वर्हीगमनका श्रृङ्खलाहरु र संसदवादी राजनीतिक पार्टिहरुभित्र पैदा भएका आन्तरिक गुट–उपगुट तथा अन्तरपार्टिहरुका बिचमा देखिएका अर्थहिन् मतभेदहरुनै हुन्।यस तथ्यले पुँजीवाद, निगम पुँजीवाद सम्म पतन हुँदै जाँदा मानव समाजमा देखापरेका सामाजिक समस्याहरु हल गर्ने तिर भन्दा पनि विकराल समस्याका पहाडहरु खडा गर्नेमा पुँजीवाद क्रियाशिल देखिन्छ । सिमित भन्दा सिमित मानिसहरु धनकुबेर बन्न करोडौँ–अर्बौ मानिसहरुमाथि तहगत र प्रविधियुक्त शोषणको जालो निर्माण गरेर भयंकर युद्धको तयारीमा पुँजीवाद लागेको प्रष्टै छ।किनकि बिरोधको राजनीतिले अब नेपाली जनताको अधिकार कहिल्यै पनि फिर्ता हुदैन । नयाँ र पुरानो बर्ग दुश्मनले बन्दुकको मोजलमा कुन्ठित गरेको जनताको अधिकार बन्दुकले नै फिर्ता हुनेछ अर्को कुनै विकल्प छैन भनौ।हामी जनयुद्ध लड्न तयार छौं, मात्र हामीलाई योजना दिनुहोस्।योजना बनाउनु होस् हामी पुर्ब जनमुक्ति सेनाहरु जस्तो सुकै कुनामा गुलाम गरे पनि सबै अाउन तयार छौ लडाइँ लड्न पनि तयार छौ।होइन भने बिरोधको राजनीति मात्रै गरेर कुनै अर्थ छैन नेपाली जनताले सास्ती पाउदैन विप्लव कमरेड।
उठ साथी उठ आत्मबल लिएरै उठौ
सोला चढेकै भए नि पुर्ण जिएरै उठौ,,
हाम्रो देश त भड्कालोमा परिसक्यो
उद्धार गर्नुपर्छ बम बारुद लिएरै उठौ,,
तिम्रा मनहरु पनि त, च्यातिए होलान
च्यातिएकै भएपनि तारले सिएरै उठौ,,
आखिर एकदिन त, सबै मर्नैपर्छ यहाँ
मातृभूमिको रक्षार्थ आहुति दिएरै उठौ,,
एकतानै बल हो हामी सबै जाग्नुपर्छ
नदीले खारेको मुठ्ठी जस्तै खिएरै उठौ,,
अादारणीय कमरेड हामीले जनयुद्ध कालिनमा जनमुक्ति सेनाले कहिले तराइका फाँटहरुमा आगोका रापहरुसँग संघर्ष गर्दै । कहिले हिमालका ती चुचुरोका फेदी काखमा बाग्लो चिसो हिउँका डल्लाहरुसँग संघर्ष गर्दै । कहिले घना जंगलका बीचमा त कहिले घना वस्तीका बीचमा । कहिले जनमुक्ति सेनाको हजारौको फर्मेशनमा राइफल बोकेर । जीवन संघर्ष गर्दै गुजारेका थियौ र अझै पनि हामी तयार हुन पछि पर्दैनौ।
मलाई लाग्छ छापामारहरूको जिबन शैली अनगिन्ती अनि कोरियो अनि इतिहास गर्वको लाग्थ्यो त्यो लक्ष्य, ती सपना सरी कहिल्यै गल्ने छैनन् ती यात्रीहरु कहिल्यै थाक्ने छैनन् । न गल्ने न थाक्ने स्पातिलो अठोट थियो । संसार बदल्ने आँट, साहस र प्रतिबद्धता थियो । हामी निरन्तर निरन्तर कुदिरहन्थौ गाउँ, वस्ती, लेकबेसी, फाँट अनि सहरसम्म । भनेका थियौं कि यो लक्ष्यमा नपुगेर हामी कदापी फर्कने छैनौ भन्थौ र भनेका पनि थियौ । माक्र्सवाद , लेनिनवादकाे बाटाे पछ्याउँदै चिनियाँ नयाँ जनवादी क्रान्ति र सर्वहारा महान साँस्कृतिक क्रान्तिले अर्धअाैपनिवेशिक , अाैपनिवेशिक सामन्ती शासन भएका मुलुकहरु (संसार) मा सर्वहारा क्रान्तिकाे मार्ग कमरेड माअाेले खाेल्नु भयाे । त्याे अाज सम्म चलि रहेकाे छ । जित नहुदाँ सम्म चल्ने छ नेपालमा पनि राेकिने छैन् ।हामीलाई थाहा छ, बलिदान बिना परिवर्तन हुँदैन र दुनियाँमा कहिँ कतैपनि बलिदान बिना परिवर्तन भएको इतिहास छैन। हिजो हामीले बलिदान पूर्ण लडाई लडे कै हो, परिवर्तनको निम्ति, तर परिवर्तन हुन र गर्न दिईएन, केही व्यक्तिको लागि आयो जनवाद केही व्यक्तिहरुमा भए परिवर्तन तर जनताको उदेश्य परिवर्तन भएन हामीले जहाँ जुन ठाउँमा छाडेर आएका थियौ । तहि ठाउँमा छन् सर्वहारा जनताहरु, के अब त्यो जनताको अधिकार तेति सजिलै फिर्ता हुन्छ बिप्लब कमरेड ।सडकमा केही मान्छेहरु बटुलेर रातो टालो बोक्दैमा २०५२ सालमा जनताको बीचमा खाएको कसम यसै गरि पुरा हुन्छ त हुदैन,अब महाधिवेशन पारीत हुनैपर्दछ। वास्तवमा जनमुक्ति सेनाको जीवन संघर्षको एउटा विशाल दर्शन हो । जीवन जिउने क्रममा नै ज्ञानको संश्लेषण हुने हो । सामाजिक संघर्षकै क्रममा दर्शनको विकास हुने हो । त्यस्तै संस्कार र संस्कृतिहरु पनि सामाजिक संघर्षकै क्रममा विकास र विकास हुन्छन् । संघर्षशील दर्शन र संघर्षशील संस्कृति नै जीवन्त र चीरकाल जिन्दगी हुन्छ । त्यो समय हाम्रा हरेक कुराहरु आदर्श बिचारहरु थिए ।
दासताको सताहरु ढाल्न अझै बाँकी छहै साथीहरू
शान्ति दिप सबै मिली बाल्न अझै बाँकी छहै साथीहरू
नेपाल अामाहरु देउ मुक्ति युद्ध सता फोड्ने अठोट छ
भेदभाव गरिबीको प्वाल टाल्न अझै बाँकी छहै साथीहरू
मुक्ति सीप शक्ति साहस हामी सामु छँदै छ त हामीसँग
परिबर्तनको सच्चा कदम चाल्न अझै बाँकी छहै साथीहरू
उठ्नु पर्छ सबै युवा जाग्नुपर्छ मुक्ति मार्ग भेटाउन लाई
हाम्रो भोक शोक गर्जन फाल्न अझै बाँकी छहै साथीहरू
नयाँयुग चेतनाको बीउ अङ्गालु छ कति कति बाकी
पाटी अठोट सँगै हेपाइ दबाउन अझै बाँकी छहैसाथीहरू
आदरणीय महासचिव विप्लव कमरेड एकपटक गहिरिएर सोच्नुस् यदि तपाईंले बेलैमा सर्बहारा गरीब जनताको पक्षमा सोच्नु भएन भने आखिर हाम्रो पार्टीको भबिस्य छैन । क.चेले जुन देशमा जन्मे उहीँ देशमा मात्रै क्रान्ति गरेका थिएनन्।उनले संसारबाट साम्राज्यवादलाइ परास्त गर्ने अभियान चलाएका थिए। क.माक्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओहरु साम्राज्यवाद सितको भयानक लडाइँमा दुस्साहस पुर्बक लडाइ लडेर उनिहरुलाई पराजित पारेरै छोडे । हार्न जानेनन्। साम्राज्यवादको काखमा हुर्किएको देश क्युवा जहाँ क. फिडेलले साम्राज्यवादको पन्जाबाट आफ्नो देश मुक्त बनाएरै छोडे । मृत्यु बाट हार्न जानेनन्। आज फेरि एक युग अहिले,कमरेड बिप्लब हुनुहुन्छ पर्न अाशा गरेका छौ भने नेपाली जनताको अभावमा साम्यबादी सपनाहरूसँग हामीले अहिले पनि आफ्नो भौतिक जीवन समर्पित गरिरहेकै छौ । यो इतिहासले दिएको अभिभारा सम्झिरहेका छौ,अहिले को बर्तमान ले गर्दा प्रचण्ड बाबुराम ले धोका दिएरै गए भनौ
हामी साँच्चिकै देश र जनताको निम्ति राजनीति गर्ने हो भने २०५२ को बाटो आंगाल्नै पर्छ ।जुनसुकै राजनीतिका पापीले जस्ले जतिसुकै फुर्ती लगाए पनि जनताले हामीलाई नै साथ दिन्छ यदि हामीले निर्णयक संघर्षको घोषणा गरेयौँ भने । नत्र भने तपाई हाम्रो हालत पनि मोहन बिक्रमको भन्दा कम हुदैन। नेपालमा वर्गसंघर्ष ,विद्रोह र क्रान्ति पटकपटक भैहीरयो तर स्वतन्त्रता र परिवर्तनको खातिर नेपाली जनताले न्याय , मुक्ति र समानता पाएनन् । लामो समयदेखि नेपालमा राष्ट्रियता र स्वाभिमानको आवाज उठ्यो तर विडम्बना भन्नुपर्छ, शासकहरुले स्वाभिमानको आवाज बुलन्द गर्ने अग्रगामी विचार बोकेका नौजवान युवाहरुलार्इ दमन गर्ने,गिरफ्तार गर्ने, धड्पकड गर्ने र झुठो मुद्दा लगाइ जेल हाल्ने जन विरोधी हर्कत कायमै छ। मानिसले मानिसमाथि गरिरहेको दमन शोषण अन्याय अत्याचार जस्ता क्रिायाकलाप र परिपाटी कानूनी मुल्य मान्यतालाई प्रतिरोध गर्न सञ्चालित युद्ध न्यायपूर्ण युद्ध हो भने शोषण दमन र अन्याय अत्याचारका उदेश्य सहित नियम कानूनी मुल्य मान्यता परिपाटी टिकाउन चलाईने युद्ध अन्ययपूर्ण युद्ध हो । अन्यायपूर्ण युद्धको उदेश्य शोषण,दमन र असमानतालाई जारी राख्नु हो । अर्थात युद्ध जारी राख्नु हो भने न्यायपूर्ण युद्धको उदेश्य युद्धको अन्त्य गर्नु हो । यसरी हेर्दा अन्यापूर्ण युद्धको बिरुद्ध अर्थात युद्धको अन्त्यका लागि न्यायपूर्ण युद्ध विश्वको अपरिहार्य आवश्यकता हो,नेपालमा शान्ति सुरक्षा र जनतालाई सहयोगिको भूमिका निभाउदै सुशासन कायम गरि अघि बढ्नुपर्ने प्रहरी प्रशासकहरु दलाल तथा लम्पसार नेताहरूले जे भन्यो त्यही मान्दै जनतामाथि बर्बरतापुर्ण दमनमा उत्रदा लाग्छ यिनीहरुले पनि नेपालमा युद्ध चाहन्छन् र जनतालार्इ जबर्जस्त युद्धमा धकेल्न चाहेको स्पष्ट हुन्छ। नेपालका शासकहरुको के कुरा गर्ने नेपाललार्इ नै बेच्न तयार छन् ।अंगिकृत (भारतीय )लाई राज्य सत्ताको सर्वोच्च पदमा पुर्याउने गरि कथित संविधानलाई संशाेधन गर्ने काङ्ग्रेस र केन्द्र माओवादीको खेल दलालीको पराकाष्ठा हो । यो आज सम्मकै उच्च राष्ट्रघात हो ।पटकपटक भारतीय हस्तक्षेप तीब्र भैरहँदा नेपालका काला धनवालाहरु, नवसामन्तहरु उनैको जय जयकार गर्दै राष्ट्रिय अस्मिताहरु खुरुखुरु सुम्पिदै छन् ।
राष्ट्रघात,जनघात र भ्रष्टाचारले देस अपांग भएको छ । चौतर्फी रुपमा अराजकता र मनपरी तन्त्र मौलाएको छ । यी र यस्ता खाले गम्भीर प्रकृतिको विषयले देश र जनता आक्रान्त भएका छन् ।अबको निकास के हो त ? कस्ले लड्छ स्वाभिमानको लँडार्इ यहाँ प्रश्न आउन सक्छ । माक्र्सवादी दर्शन र सिद्धान्तलाई आत्मसात गर्दै आधारभूत द्वन्द्वात्मक भौतिकवादमा रुपान्तरण गर्नका लागि नेपालमा एकीकृत जनक्रान्तिमा होमिनुको विकल्प छैन। नेपालको राजनीतिमा एउटा त्यो मात्र शक्ति छ जस्ले सहि विचार ,सहि कार्यदिशा बोकेको छ।सहि नेतृत्व र कार्यकर्ता निर्माण गरेको छ।त्यो भनेको ने.क.पा.(माओवादी )हो।त्येसैले अब यो देशमा भएको अन्योल ,विकृति र विशङ्गतिको विरुद्ध लड्नुको विकल्प छैन। जीवन र मृत्युको संगम हो, सुरक्षा र पतनको मार्ग हो । यो भारी महत्वका साथ अध्ययन गर्ने महत्वपूर्ण विषय हो ।’
उल्लेखित भनाईहरुबाट बुझन् सकिन्छ की युद्ध सामाजिक वर्गहरुकाबीचमा गती पैदा गर्ने एउटा महत्वपूर्ण घटना हो । न्याय समानता सम्पत्तिमा सार्वजनिक स्वामित्वका लागि श्रमजिवी वर्गले कुलिन वर्गको लुटको राज्यले एन, नियम, कानूनको साहारामा थोपरेको युद्धको प्रतिवाद, प्रतिरोधका निम्ति सञ्चालन गर्नैपर्ने एउटा गहन प्रक्रिया चै न्यायपूर्ण युद्ध हो।हामिले धेरै संघर्ष गर्याैं, विरोधका विभिन्न कार्यक्रम गर्याैं,शान्तिपूर्ण जुलुस तथा धर्ना गर्याै नेपाल बन्दसम्मको आन्दोलनको कार्यक्रम गर्याैं तर नेपालका दलाल शासकहरुले नव सामन्तहरुले टेरिरहेको छन। यस्तो अवस्थामा पार्टीले गम्भीर कदम चाल्न जरुरी छ । सधैभरिको नेता कार्यकर्ता गिरफ्तारी ,धरपकड र दलालहरुको यातना सहेर यहि तरिकाले अघि बढिरहनु गलत हुन्छ । विरोधको राजनीतिले अब अगाडि बढ्न गाह्रो छ। तसर्थ अब बन्दुकको आडमा जन दमन गर्नेलाइ बन्दुकनै प्रयोग गरौं । इँटको जवाफ पत्थरले दिन नसके पार्टीले छलाङ मार्न सक्दैन । यतिबेलाको आवश्यकता भनेकै बल प्रयोग हो। न्याय ,मुक्ति र स्वतन्त्रताको लागि शसत्र विद्रोह र क्रान्ति नै तत्कालिन समयको माग हो । सिकार गर्न युद्धको महत्व थियो । क्रमशः मानिसले अरुको आक्रमणबाट बच्न र अक्रो समुहलाई आक्रमण गर्न युद्धको प्रयोग गर्न थाल्यो । हुँदै जाँदा दास,मालिक,सामन्तहरु र पूजिँपतिहरुले गर्ने शोषण,दमन,अन्याय,अत्याचारबाटा छुटकारा पाउन र स्वतन्त्रता हाँसिल गर्न दासहरु किसानहरु र मजदुरहरुले युद्ध लडे । आजको विश्वमा साम्रज्यवाद,बिस्तारवादले युद्ध,पुँजी र प्रविधिमार्फत कमजोर राष्ट्र र श्रमजीवि जनसमुदायमाथि थोपरेको उपनिवेश, शोषण,दमन,अन्याय,अत्याचारको बिरुद्ध स्वतन्त्रता,स्वाभिमान,मानवता र मानव सभ्यताको मुल्य स्थापित र रक्षा गर्न युद्धको महत्व झन सर्वाधिक बनेको छ । न्यायपूर्ण युद्ध विश्वमै जस्तै गरेर नेपालमा अनिवार्य अाबश्यता। काठमाडौँका खुला मंचमा बालेको मशाल बोकेर क्रान्तिकारीहरु थवाङ पुग्ने खबरले हामी जस्तै विदेशमा स्वभिमान गुमाएर बस्न बाध्य भएकाहरु खुशी भएका छौँ । गाउँमा फेरि महिला दिदीबहिनीमाथि बलात्कार, दलितमाथि छुवाछुत, बोक्सीको आरोम गरिएको हत्या, देश र जनताको पक्षमा बोल्नेहरुलाई पक्राउ, चारडाँडा कटाएकाहरुले राज गरिरहेको सुन्दा निकै आक्रोसित बनाउँछ। पत्रको अन्त्यमा छु । नेपालको अर्को क्रान्तिको अनिवार्य भएको छ । त्यो हो एकीकृत जनक्रान्ति । विदेशीका दलालहरुलाई लखेट्न काठमाडौँका मजदूरसँग हातेमालो गर्दै लड्ने हो । हिमालका भोटे, मधेसका मधेसी, पहाडका पहाडी सबैले एकीकृत भएर लड्ने हो अब । तिमी एक्लैले मात्र बलिदान गर्नुपर्ने हुँदैन । सबैले एकसाथ र एक पटक बलिदानको लागि तयार हुनु पर्ने बेला अाएकाे छ । हामी पनि विदेशबाट चाँडै फर्किदैछौँ । तिम्रै आगनमा हुन लागेको आठौं महाधिवेशनबाट नयाँ र पुराना प्रतिक्रियावादीहरुलाई एकैसाथ आर्यघाटमा पुर्याउने क्रान्तिको खाका स्पष्टसँग कोर्नु हुनुहुन्छ भन्ने अाशा गरेका छौ।
निरङ्कुशता तोड्यो ,जित, सलाम तिमीलाई
१७ हजार ज्ञात अज्ञात क्रान्तिवीर सलाम तिमीलाई,,
संङ्घर्षको मैदानमा भोक कष्ट दु:ख सही
अबिचलित बन्यौ ,जित, सलाम तिमीलाई,,
जनताका बैरीहरु राष्ट्रघाती बुर्जुवाका
अभियानमा रोप्यौ ,जित, सलाम तिमीलाई,,
उत्पीडित गरिब र देशकै निम्ति मुक्तिदाता
अाफ्नै प्राणको लिएअौ ,जित, सलाम तिमीलाई,,
शोषण दमन भेदभावको बिरुद्धमा गर्जन गरि
सामान्तीको शिर झुक्यो ,जित, सलाम तिमीलाई,,
जनयुद्ध र हाम्रो वलिदान माथि संसदवादीहरुले असाध्यै धोका घात र वेइमानी गरिएको छ। त्यसैगरी प्रचण्ड बाबुरामले पनि कहिल्यै पनि न बिर्सने गरी नपुरिने घाउ धोका चोट दिएर गएकाछन ।बिप्लब कमरेड हामी भिकारी होइनौ, अरुसंग मागेर लिनको लागि, हामी हिजो जनयुद्ध लड्ने जनताको सिपाहीहरु हौं । क्रान्तिकारीहरु मागेर हैन लडेर जनताको अधिकार सुनिश्चित गर्न ढिला नगर्नुहोस् ।
त्यस्को लागि सडकमा जुलुस निकालेर होइन, गरिब जनताको झुपडी बाट ज्वाला निक्ल्न सक्नुपर्छ। बिप्लब कमरेड म अझै पनि फेरि पनि अनुरोध गर्छु । जनताले हामीलाई कुरेर बसेकोछ, जुन जनताले हिजो जनयुद्धलाई बिश्वास गरेको थियोे । अन्त्यमा पुन अनुरोध गर्छु बिप्लब कमरेड कठोर संघर्ष बिना परिवर्तन हुदैन, जसको लागि बन्दुक उठाउनै पर्छ। जसले गर्दा मलाई ब्याक्तिगत जीवनको कुनै मोह नै हुदैन । त्यो चिज थियो, मैले आफुले आफैलाइ जितेर भौतिक जीवनको माया मारी देश, जनता र राष्ट्रको निम्ति मृत्यु स्वीकार गरेर ब्याक्तिगत जीवनको माया मार्नु । ब्याक्तिगत जीवनको माया मार्नुमा मैले कहिल्यै पछुतो ठानिन र ठानिरहेको पनि छैन ।बरु यसले झन जीवनलाई स्पात बनाउन उर्जा थपेको महसुस गरिरहेका छु अहिले १५ हजार पुर्ब जनमुक्ति सेनाहरु सबै बिदेशको गल्ली गल्लीमा सहर सहरमा चोक चोकमा साथीहरूले अाफ्नो जिन्दगी बिताउनु भएको छ। भौतारीनु परेको स्थिति छ ती दिन र ती रातका सपनाहरूले अझैसम्म ढुक्कसँग रात कटाउन दिइरहेका छैनन् । जब उज्यालो माथी रातले आफ्नो कालो अस्पष्ठ सम्बन्धले कान्तिकारी जनमुक्ति सेना जमाउन सुरु गर्छ । अनि मेरो मनले नमानी , नमानी उज्यालो खोसिएको झोकमा रात सँगको सम्बन्धमा जब म बाधिन बाध्य हुन्छु अनि म ड्युटीमा बसेको हुन्थे पाटी देश र जनताको लागि म निदाउन सकिरहेको छैन । क्रान्तिकारी जिबन प्रत्येक प्रहरमा ती सपनाहरू राइफल बोकेको ऐठन बनी जब बल्झिन थाल्छु अनि म ती सम्बन्ध र सपनाहरू को खोजीमा अर्ध चेत मै भौतारिन पुगेको छु।यो पत्रले म पुर्ण बिश्वास मा अादारणीय कमरेड यो पत्रबाट छुठ्टीन अनुमति माग्दै हस् क्रान्तिकारी लाल सलाम ।।
कृष्णबहादुर रोकाया ‘ सन्दर्भ ‘
जनप्रगतिशील मोर्चा, मलेसिया

प्रतिक्रियाहरु

[anycomment]