पूर्ब जनमुक्ति सेनाको अपील – किरण सिटौला

न्याय र मुक्तीको लागि प्रखाईमा बस्नु हुने सम्पुर्ण देशभक्त, न्याय र मुक्तिको प्रखाईमा बस्नु हुने सम्पुर्ण देश भक्त न्याय प्रेमी जनसमुदायसंग अन्तिम अपिल !! न्याय र मुक्तिको बाटो हेरेर न्यायको प्रखाईमा बस्नुहुने समस्त आदरणीय न्याय प्रेमी जनसमुदायहरु, सहिद परिवार बेपत्ता परिवारजनहरु सर्बपर्थम क्रान्तिकारी लाल सलाम !
आदरणीय जनसमुदायहरु, तपाईं हामी न्याय र मुक्तिको अन्तिम लडाइँमा जुट्नुको बिकल्प छैन ! देश अज भीषण लडाइँको नजिक छ गरिब निमुखा गरि खाने बर्ग र लुटेर खाने सासकहरुको बिच अन्तिम लडाइँ हुने निश्चित छ ! आज देश साम्राज्यवाद र बिस्तारवादको खेल मैदान जस्तै भएकोछ नेपाली जनता न्याय मुक्ति नपाए उकुसमुकुस हुन बाध्य छ! यस्तो हालतमा देस छ! अर्को तर्फ संसदवादी दलहरु सासकहरु जनता माथी दमन गरेर आफ्नो लुटको सोर्ग कसरी जोगाउने भनेर मरिहत्ते गरिराखेको छ! गरिबले उपचार नपाएर अकालमा मर्न बाध्य भएकोछ भने यता सासकहरु जनताको रगतमाथी होलि खेल्दै छ !
आदरणीय जनसमुदाय , यो सबै आसमानताको अन्तयको लागि अन्तिम लडाइँ गर्नै पर्छ नत्र तपाईं हाम्रो भबिस्य अन्धकार हुने निश्चिति छ! इतिहास साक्षी छ संघर्ष बिना परिवर्तन भएको छैन बलिदान बिना मुक्ति भएको छैन, सिंहदरबारमा बस्ने हरुले तपाईं हामीलाई तेति सजिलो अधिकार दिनेवाला छैन हामीले अधिकार लिनको लागि अन्तिम दनक दिनैपर्छ ! आदरणीय जनसमुदाय हिजो जनयुद्धको नेतृत्व गर्नेहरुले आज तपाईं हामीलाई चिन्दैन जो आज प्रतिक्रियावादी ठेकेदारहरुको नेतृत्व गरेर सिंहदरबारमा रमाउदैछ, तिनीहरु दलाल हो तिनीहरु गद्दार हो जसले १२औं हजार सहिद र तेतिकै हाराहारीमा बेपत्ता भएको योद्धाहरुको रगतमा होलि खेल्दै आज कुर्सीको बार्गेनिङ गर्दै छ, अब तिनीहरु बाट जनताले कुनै पनि अधिकार पाउने वाला छैन र तिनीहरु बाट न्याय र मुक्तिको आसा गर्नु भनेको मुर्खता हो! जो मान्छेहरु संसदवादमा फस्छ तेसले जनताको लागि काम गरेको रेकर्ड र इतिहास आज सम्म छैन हामीले २००७ देखिको संसदीय राजनीति हेर्दै आयको छौ ! आदरणीय जनसमुदाय टालटुल पारेर पुरानै अनुहारले चलाएको नक्कली बेबस्थाले तपाईं हाम्रो भबिस्य सुनिश्चित हुनेवाला छैन ! साम्राज्यवाद र बिस्तारवादको दाललहरु बाट देश र जनताको भबिस्य सुनिश्चित हुन्छ भनेर कसरी बिश्वास गर्ने? इ सबै यथार्थलाई मध्यनजर गर्दै यो नक्कली लुट बेबस्थाको अन्त्य गर्नको लागि र नयाँ जनवादी बेबस्थाको ल्याउनको लागि हामीले एकीकृत जनक्रान्तीको घोषणा गरेकाछौं !
आदरणीय जनसमुदाय, सहिद परिवार, बेपत्ता परिवार जनहरु घाइते परिवार जनहरु म यहाँहरु समक्ष पुनः अपिल गर्छु एकीकृत जनक्रान्तीबिना अब न्याय र मुक्ती सम्भाव छैन, त्यसकारण अब हामी अन्तिम पटक एकजुट भएर अगाडि बढ्नुको बिकल्प छैन ! जित जनताकै हुनेछ !!