सोनसिकको शैक्षिक सेमिनार सम्पन्न

२०७३ माघ ८ गते, शनिबार

काठमाडौं, ७ माघ । नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले कोरियाको ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा २ दिने सैक्षिक सेमिनारको भव्यतापूर्वक आयोजना गरेको छ । जनवरी १४-१५ मा आयोजना भएको उक्त सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले सहजकर्ताको भूमिका निभाएका थिए । कार्यशालाले खोजपत्र लेख्ने उदेश्य राखेका बिद्यार्थी तथा अनुसन्धानकर्तालाई ठुलो सहयोग मिल्ने कुरा सोनसिकका उपसभापति तथा कार्यक्रमका समन्वयक श्री देबेश झाले जानकारी गराए ।
त्यसैगरी , दोश्रो दिनमा आधारभूत तथा चिकित्सा विज्ञानमा अनुसन्धानको बिषयमा ओरल प्रेजेन्तेशन कार्यक्रम को आयोजना गरिएको थियो । नेपाली राजदुतावासका का. राजदुत किरण शाक्यको प्रमुख आतिथ्य तथा सोनसिक सभापति आराजना श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आएका बिज्ञहरुबाट आफ्नो विज्ञताको क्षेत्र अन्तर्गत विभिन्न बिषयहरुको प्रेजेन्तेशन दिएका थिए । यसका साथै कार्यक्रमका प्रमुख वक्ता, कुमामोटो यूनिवर्सिटीका, जापानका प्राध्यापक डा. हरि देवकोटाले जापान तथा अन्य देशहरुको शिक्षा प्रणाली र अबस्था तथा औषधीजन्य बनस्पतिको अनुसन्धानका साथै नेपालमा औषधीजन्य बनस्पतिको अनुसन्धानको चुनौती र सम्भावनाबारे विस्तृतरूपमा जानकारी गराएका थिए । सो कार्यक्रममा अनुशन्धान तथा जानकारीमुलक ४० वटा पोस्टर प्रेजेन्तेशन पनि गरिएको थियो । सहभागीहरुले आफुले गरिरहेको अनुशन्धानका साथै कोरियामा रहदाको अनुभब लगायत विभिन्न बिषयको पोस्टरहरु राखेर त्यसको बारेमा जानकारी गराएका थिए । उत्कृष्ट पोस्टर प्रेजेन्ट गर्ने ५ जनालाइ प्रमाण पत्र तथा नगद पुरष्कारको व्यवस्था गरिएको थियो ।
समग्रमा कार्यक्रम निकै सफलतापूर्वक आयोजना गरिएको तथा सो कार्यक्रम मार्फत बिज्ञान तथा प्रविधि क्षेत्रमा अध्यन, अध्यापन तथा अनुशन्धान क्षेत्रमा कार्यरत व्यक्तिलाइ विभिन्न क्षेत्रहरुको बारेमा नया कुराहरु जानकारी मिल्ने, तथा विभिन्न क्षेत्रका विज्ञहरु संग अनुभब साट्न मिल्ने मौका मिल्ने कुरा झाले जानकारी दिए । सोनसिकले यस अघि पनि कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ । कोरियामा विभिन्न क्षेत्रमा छरिएर रहेका विद्यार्थी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई समन्वय तथा सहयोग गर्दै आएको सोनसिक कोरियामा रहेको निकै लोकप्रिय संस्था मध्येमा पर्ने गर्दछ । प्रवासमा रहदा यस्ता किसिमका कार्यक्रमहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]