देश परदेश सास्कृतिक धमाकाको तयारी अन्तिम चरणमा

२०७३ माघ १४ गते, शुक्रबार

काठमाडौँ, १४ माघ । मलेसिया विभिन्न क्षेत्रमा कृयसिल कलाकारहरुलाई देश परदेश म्युजिक कम्पनीले विशेष स्थान दिदै आइरहेको छ । त्यस्तै आउदै गरेको चिनिया नवयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाड ल्होसारको अबसर पारेर पनि देश परदेश म्युजिक कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो। जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने सो कार्यक्रम को तयारी अन्तिम चरण मा पुगेको आयोजक देश परदेश सास्कृतिक धमाका का अध्यक्ष सन्तोस सुनार ले जानकारी दिए । टिकट भिजा लगाएत का सम्पुर्ण काम भैसकेको अध्यक्ष सुनारले बताए। नेपाली लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेका लोक गायक राम जि खाड, पछिल्लो समय दोहोरी गायिका को चर्चा बटुल्दै गरेकी मोडल निशा पोख्रेल,भर्खरै चर्चा बटुदै गरेका आधुनिक गाएक बिनोद खुम्बु ,मोडल तथा गाएक रास्कोटी मगर तेस्तै चर्चित मोडेल अनिता बस्नेत लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ भब्य मनोरन्जन दिने भएका छन ।
सो कार्यक्रममा गायकहरु रमेश बानिया, मनिपाल राइ, अमर राइ, गौरब नारायण राइ,सबन लामिछाने, हास्य कलाकार सुजन न्यौपाने, लोक गायक भिम लुहार , मोडल सिन्दु लामा, मिनिता राइ , मिना बस्नेत, कुमार तामाङ, निम्बुटी शेर्पा, प्रनिता तामाङ , स्याम क्षेत्री, युगल कुवर, देबराज तमाङ, हरि बिसि,बिक्रम चाम्लिङ , सारा पौडेल, बिरेन्द्र चौधरी , बिनिता तमाङ, हिना थापा , रमेश आशु बिरहीलगायत अन्य प्रबासी कलाकारले समेत आफ्नो प्रस्तुती दिने आयोजक समितिका निर्देशक महेन्द्र योगि ले जानकारी दिए ।
प्रबासमा रहेका फरक कला प्रतिभा भएर पनि ओझेलमा परेका कलाकार लाई नेपाली संगीतिक मुल धार सम्म ल्याउन कै लागि अनि नब उदयमान कलाकारहरुलाई स्टेज दिनका लागी कार्यक्रम आयोजना गरिएको अर्का आयोजक कमिटी कि डोल्मा शेर्पा ले बताइन् । कार्यक्रम हुने स्थानका केही नेपाली व्यावसायिले पनि चासोको रूपमा यो कार्यक्रमलाई लिएकोले पनि कार्यक्रम सब्य भब्य हुनेमा आसाबादी रहेको बताउछन आयोजक समितिका दिपक संघर्ष। सो कार्यक्रमलाई सूचना केन्द्र.डटकम, मिर्मिरे अन्लाईन अनलाइन, मोफसल अनलाइन , लोक नेपाल अन्लाईन,NP मिडिया र रेडियो मिर्मिरे , देश परदेश रेडियो कार्यक्रम अफिसियल मिडिया पाट्नर रहने भएका छ्न ।
पछिल्लो समय सांगगितिक गतिबिधिमा सक्रीय कलाकारलाइ स्थान दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकारलाइ प्रबर्धन गर्दै आएको र कला प्रतिभा जो ओझेलमा छ्न । कला प्रतिभा भएर पनि बाद्यतात्मक स्थितिबाट त्यो पहुँच नभेटेका अनि अबसर खोजेर बसेका कलाकारलाई कार्यक्रममा विशेष प्राथमिकता दिइने छ भन्छन् अर्का आयोजक हिरा राज घिसिङ ।
केलाङको म्याडिन मार्केटको ठिक पछाडी रहेको ग्लोकोर्स होटलमा स्तरीय हलको बन्दोबस्त गरिएको र कार्यक्रमको लागि सम्पुर्ण तयारी मैना दिन अगाबै गरिसकेको र कार्यक्रमको लागि टिकटहरु पनि विभिन्न स्थान सम्म पुर्याइसकिएको र भिन्न बिधाका फरक ४ कलाकारको आगमन हुने भएकोले पनि कार्यक्रम भब्य हुनेमा आसाबादी छ्न अर्का आयोजक प्रेम गुरुङ र कालू लामा ।
केलाङ आस पासका दर्शकलाई देश परदेश म्युजिक कम्पनीले भरपुर मनोरञ्जन दिने,आगामी दिनमा कलालाई एक स्थान सम्म लैजाने , फरक प्रतिभाको उजागर गर्दै नेपाली संगीतिक आकाश सम्म लैजाने उदेश्य लिएर यो मनोरंजनात्मक कार्यक्रम गर्न लागिएको आयोजक कम्पनी का प्रबन्ध निर्देशक तथा एस कार्यक्रम का ब्यबस्थापक अर्जुन काफ्ले तेस्तै देश परदेश म्युजिक कम्पनीका नरोत्तम पाण्डेको भनाइ छ।

प्रतिक्रियाहरु

[anycomment]