ग्लोबल नेप्लिज जर्नालिष्ट नेटवर्क गठन

२०७३ माघ २४ गते, सोमबार

काठमाडौ २४ माघ । ग्लोबल नेप्लिज जर्नालिस्ट नेटवर्क गठन भएको छ । प्रवासी मुलुकमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुले सो नेटवर्क गठन गरेका हुन् । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकारको बिचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ सञ्जाल गठन भएको हो ।
बुटवलमा रहेर पत्रकारिता गरेका र अहिले अमेरिकामा अध्ययनरत पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठित सञ्जालमा संयुक्त अरब इमिरेट्सबाट उमाकान्त पाण्डे, विकास थापा, मोहन बस्याल, दिनेश आचार्य, सुवास शर्मा छन । त्यस्तै क्यानडाबाट गोकर्ण लामिछाने, प्रकाश क्षेत्री, पोर्चुगलबाट हिम विष्ट र भरत प्रधान, ओमानबाट पशुपति जिसी, बहराइनबाट युवराज केसी, जापानबाट अनिल शाही र ईश्वर ढकाल सहभागी छन् । यस्तै सन्जालमा कोरियाबाट मधु पोखरेल, प्रकाश पाण्डे, सुवास सिम्खडा न्युजिल्याण्डबाट मिलन जिसी, कतारबाट सुरेन्द्र परियार, प्रदिप नेपाली, रामप्रसाद पराजुली, महेश्वर नेपाल, साउदी अरबबाट नैनकला राई, कुवेतबाट हरीकृष्ण न्यौपाने, थाइल्याण्डबाट सुरेश ढकाल, अष्ट्रलियाबाट सन्तोष भट्टराई तथा हङकङबाट अनोज रोका रहेका छन् ।अन्य देशमा रहेका पत्रकारहरुलाई समेत समेट्नका लागि गोकर्ण लामिछाने, उमाकान्त पाण्डे र भरत प्रधानलाई जिम्मेवारी दिइएको छ ।
विभिन्न देशमा रहेका पत्रकारहरु बिच सम्पर्क स्थापित गरी आपसी सहयोग र सहकार्य गर्दै त्यस देशका नेपाली समुदाय सम्बन्धित गतिविधि आदानप्रदान गर्नु मुख्य उद्देश्यका साथ स्थापित संजालमा देश अनुसार थप सदस्य बिस्तार गर्दै लगिने संयोजक भण्डारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]