मलेशिया गएका दिल बहादुर ७ वर्षदेखि सम्पर्क बिहिन

२०७३ फाल्गुन २७ गते, शुक्रबार

काठमाडौं, २७ फागुन । २०६५ सालमा रोजगारीका लागि मलेशिया पुगेका दिल बहादुर घर्ती सम्पर्क बिहिन रहेका छन । रोल्पा गजुल ७ क्वालिगाउ , काप्राबाङ्ग बस्ने पुस्ते घर्तिका जेठा छोरा दिल बहादुर घर्ती २०६५ सालमा काठमाडौको एक मेनपावरबाट मलेसियामाको जोहोर बारु भन्ने ठाउँमा पुगेको एक वर्ष सम्म परिवारको नियमित सम्पर्कमा रहेका थिए । अहिले ३७ वर्षका भएका घर्ती कहा छन् ? कता पुगे ? केही पत्तो छैन , घरमा बिजोग भयो उनको परिवारले चिन्ता व्यक्त गरेका छन् । घरमा बुवा,आमा,श्रीमती ,दुई छोरा , भाइ बुहारी छन् र अहिले दिलिप मलेसिया प्रवेश गरेको आठ बर्ष भयो उनको उमेर अहिले ३७ बर्ष पुगे । घरमा श्रीमती पति सम्पर्कमा नआए पछि रात दिन रोएर बसेकी छन् ।
“साना–साना छोराहरु छोडेर मिठोसपना बोकेर मलेसिया जानू भएको मेरो श्रीमान् , आज आठ बर्ष भैसक्यो कुनै अत्तो पत्तो छैन । छोरा हरु पनि ठुल ठुला भैसके बाबा कहिले आउनु हुन्छ भनेर दिन— दिनै सोध्छन् भोलि पर्सि आउनु हुन्छ भन्दै टार्दै गर्छु ।” बुवा आमा पनि डाडा माथिका घाम झै ,भैसक्नु भयो दिल बहादुरकी श्रीमति पीडा व्यक्त गर्छिन् ।
अहिले दिल बहादुरको खोजीका लागि उनका भाइ शुक बहादुर घर्ती दाजुको खोजी कार्यकै लागि मलेसियाको जोहोर बारु को एउटा कम्पनिमा पुगेका छन् ।
सोही गाउकै दिपक संघर्षको पहलमा घर्तीको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]