एमएनयुका केन्द्रीय संयोजकद्वारा राजीनामा

काठमाडौँ, २८ फागुन । माइग्रेन्ट नेपाली युनियन (एमएनयु)का केन्द्रीय संयोजक मिलनकान्छा किरातीले आफ्नो पदबाट राजीनामा दिएकाछन । एमएनयु सङ्गठन स्वतन्त्र रहने विधानमा उल्लेख भएवमोजिम बिबिसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रले भर्खरै खोलेका साझा पार्टीमा आफु आवद्ध हुन लागेको कारण नैतिकताको आधारमा राजीनामा दिएको उनले बत्ताए । दक्षिण कोरियाको राजधानी सौलस्थित गत दिसम्बर २०१६ मा भएको प्रथम केन्द्रीय भेलाले किरातीलाई संयोजक चयन गरेको थियो । अब एमएनयु पदाधिकारी वरियताक्रमको आधारमा कार्यवाहक संयोजकको जिम्मेवारी टीकाबेरुप लिम्बुले सम्हाल्ने छन ।
नेपाली राजनितिमा डेढदसक लामो अनुभव भएका किरातीले डा. बाबुराम भट्टराईको नयाँशक्ति निर्माण अभियानमा पूर्वी एसिया ईन्चार्जको हैसियतले कोरियामा विशेष भेलाको प्रमूख अतिथि भई वलराम पुनको संयोजकमा ५१ सदस्यीय नयाँशक्ति अन्तरिम परिषद दक्षिण कोरिया गठन गर्दै वैचारिक र साङ्गठनिक प्रशिक्षण दिएका थिए । नयाँशक्ति दक्षिण कोरिया सल्लाहकारसमेत रहेका किरातीले बाबुराम भट्टराईलाई वैचारिक स्खलनको आरोप लगाउदै सच्चिन आग्रह गरेका थिए । अन्ततः नेतृत्व नसच्चिएकोले जनताले सोचे, खोजेजस्तै राजनितिक निकास र आर्थिक विकास नयाँशक्तिबाट संभव नभएको जिकिर गर्दै निस्क्रिया भएका थिए ।
लेखक, साहित्यकारसमेत रहेका किरातीले राजनितिक र समसामयिक विषयमा नेपाली राष्ट्रिय छापा र अनलाईन मेडियाहरुमा सशक्त कलम चलाउदै आएकाछन । विभिन्न पत्र÷पत्रिका, पुस्तकको सम्पादन अनुभवसमेत बटुलेका उनको शान्तिको खोजी कविता सङ्ग्रह २०६१, सयुंक्त कविता सङ्ग्रह २०६६, आँशुको वर्षा कथा सङ्ग्रहकृति प्रकाशित भई सकेकाछन । – अमर अछामी