देह व्यापारको आरोपमा नेपाली युवती पक्राउ
काठमाडौं, १५ चैत्र । भारतको राजस्थानमा एक नेपाली युवती देह व्यापारको आरोपमा पक्राउ परेकी छन् । प्रहरीले छापा मार्दा उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाइएको छ । भारतीय संचारमाध्यमका अनुसार नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको हो । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ । प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।
कल सेन्टर खोलेर ‘हाइ प्रोफाइल’ व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले कारवाही गरेको बताइएको छ । कारवाहीका क्रममा प्रहरीकै एक सदस्यलाई नक्कली ग्राहक बनाएर होटलमा पठाइएको थियो । ती युवती विवाहित रहेको र उनको पति दिल्लीस्थित एक होटलमा काम गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेकी युवतीले पतिलाई समेत आफ्नो पेशाका बारेमा राम्रो जानकारी रहेको बताएकी छन् । – एजेन्सी