तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला
काठमाडौं, २७ असार । भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु भएको छ । मारिनेमा ५ महिला र दुई पुरुष छन् । कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएका छन् । ५६ रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन् । धार्मिक यात्रु माथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले भत्र्सना गरेका हुन् । – एजेन्सी