ने. क. पा. माथिको प्रतिबन्ध फिर्ता गर्न माग

२०७५ चैत्र १ गते, शुक्रबार

काठमाडौं, १ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतीशिल मोर्चा युरोपले आफ्नो पार्टी माथिको प्रतिबन्द फिर्ता गर्न जोडदार माग गरेको छ । राजनीतिक पार्टीमाथि भएको प्रतिबन्ध अलोकतान्त्रिक भएको जनाउदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारद्वारा उक्त प्रतिबन्ध एकतफी युद्ध घोषणाको आभास हुने गरी गराएको आरोप समेत लगाइएको छ । युरोप मेर्चाले एक बिज्ञप्ति जारि गर्दै देशभरका पार्टी नेता तथा कार्यकर्ताको धरपकड गर्दै राजनीतिक प्रतिबन्ध गर्नु सामाजिक फाँसीबादी चरित्र भएको जनाएको छ । जनताको सत्तारुढ दल नेकपाले जनअभिमत र जनअपेक्षा बिपरित देशको कालो बजारी, भ्रष्टचारीलाइ बचाउ गर्दै राजनीतिक शक्ति माथि गरेको प्रतिबन्ध दुर्भाग्यपुर्ण रहेको भनेको छ । बिगतको १० बर्षे जनयुद्दको स्मरण गराउदै दमन र धरपकडले आन्दोलनहरु समाप्त नहुने बरु दमन बिरुद्द जनता प्रतिकार गर्ने समेत बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]