पवन चाम्लिङको साम्राज्य ढल्याे

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक ढलेकाे छ । चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा ३२ वटा विधानसभा क्षेत्रमध्ये छन् । चाम्लिङ नेतृत्वकाे एसडीएफ यस चुनावमा १५ सिट जित्न सफल भयाे । एसकेएमले १७ सिटमा जित निकालेकाे छ । चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।
चाम्लिङ यसअघि सिक्किम संग्राम परिषदमा थिए । उनले तत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग लामो समय काम गरेका थिए । सन् १९८५ मा उनी संग्राम परिषदको टिकबाट पहिलो पटक विधायक बने । सन् १९९४ मा उनले आफ्नो पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट बनाएका थिए । सन् २००९ को विधानसभा चुनावमा चाम्लिङको पार्टीले सबै ३२ सिटमा जीत हासिल गरेको थियो । कूल भोटमा उनको ६६ प्रतिशत हिस्सेदारी थियो । सन् २००४ मा पार्टीले राज्यको ३२ मध्ये ३१ सिट जितेको थियो भने एउटा सिट काँग्रेसले पाएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]