जनप्रगतिशील मोर्चा साउदीद्वारा सामना परिवारलाई गितार उपहार
काठमाडौं , १९ माघ । नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समिति दमामले अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारलाई गितार उपहार प्रदान गरेको छ । नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रीय कोषाध्यक्ष राम थापाको संयोजकत्वमा क्षेत्रीय इन्चार्ज वीरबहादुर खड्का, सचिव तोया भट्टलगायत सम्पूर्ण क्षेत्रीय सदस्यले गरेको सहयोगबाट सङ्कलित ४१ हजार रुपैयाँबाट किनिएको गितार साउदी मोर्चाका केन्द्रीय अध्यक्ष युवराज कार्कीले सामना परिवारका इन्चार्ज सरल माझीलाई हस्तान्तरण गरेको जानकारी मोर्चाले दिएको छ । सामना परिवार यतिबेला देशव्यापी जागरण अभियानमा क्रियाशील छ ।