मोदी सरकार बिरुद्ध प्रदर्शन , ५ को मृत्यु

२०७६ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं, १३ फागुन । हैदरावाद अन्तराष्ट्रिय विमानस्थलमा सोमबार बिहान झरेर भव्य स्वागत पाएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटोरा रंगशालामा शान्तिपूर्ण भारतले गरेको बिकासको बखान गरेको केही घण्टा पछि दिल्लीमा ५ जना मान्छेको ज्यान जाने गरी गोली र ढुंगा बर्षियो । प्रहरीले चलाएको गोली लागेर ४ प्रदर्शनकारीको मृत्यु भएको छ । एक जना अटो चालकको पेटमा गोली लागे पछि सडकमा रगतपच्छे भएर ढल्दा उनको मृत्यु भएको थियो ।
ढुंगा र ईट्टा हानीरहेका प्रदर्शनकारीको बीचबबाट एक जनाले प्रहरी कन्सटेबललाई टाउकोमा ताकेर गोली हानी ढालीदिएका थिए । यो गोलीकाण्ड हुदा ट्रम्प यसको २० किलोमिटर नजिक लक्जरी होटलमा बसिरहेका थिए । यो विरोध प्रदर्शनका कारण मेट्र्रो ट्रेन, स्कुल लगायत बन्द भएका छन् । मोदी सरकारले ल्याएको नागरिकता कानुन ससोधन विधेयकले मुस्लिम र आदिवासीमाथि अन्याय गरेको भन्दै भारतमा लामो समयदेखि विरोध चर्किरहेको छ । हाल सम्म दर्जनौं मानिसको ज्यान गईसकेको छ । सरकारले याे कुतत्वकाे षड्यन्त्र भनेकाे छ । माैजपुर र बरहम्मपुरमा अाज विहानै बाट फेरी ढंुगामुडा शुरू भएकाे खबर छ ।

प्रतिक्रियाहरु

[anycomment]