भारतमा कोरोनाले उग्र रुप लिने संकेत

२०७६ चैत्र ३० गते, आईतवार

काठमाडौं , ३० चैत । भारतमा कोरोनाले विस्तारै उग्र रुप लिने संकेत दिएको छ । लामो लकडाउन र कडाई गर्दा गर्दै पनि भारतमा संक्रमित र मृत्युदर निकै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ९ सय ९ जना संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सगैँ भारतमा मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ भने संक्रमित ८ हजार ४ सय भन्दा बढी भएको छ ।
विश्व स्वास्थ्य संगठनको आकडालाई आधार मान्दै भारतीय सचार माध्यमले अमेरीका,फ्रान्स भन्दा पनि भारतमा मृत्युदर बढीरहेकाले थप जोखिम हुन सक्ने उल्लेख गरिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]