भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइयो

२०७७ बैशाख १३ गते, शनिबार

काठमाडौँ , १३ बैशाख । भारतको नौतनवाको क्वारेन्टाइनमा बस्दै आएका १ सय ३० नेपालीलाई स्वदेश ल्याइएको छ । नेपाल–भारत सीमानाका सुनौलीबाट स्वदेश ल्याइएको अर्घाखांचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतनवानको एक विद्यालयमा क्वारेन्टाइनमा थिए । स्थानीय प्रशासन र जनप्रतिनिधीको पहलमा स्वदेश फर्काइएका उनीहरुलाई केही दिन सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]