भारतमा कोरोनाबाट १ हजार ६९३को मृत्यु, संक्रमितको संख्या ४९ हजार नाघ्यो
काठमाडौं, २४ वैशाख । भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा (मंगलबार) भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । यसैबीच १४ हजार १४२ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन लम्ब्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो ।