प्रवासी नेपाली जनसमाजद्वारा नेपाली भूमि लिपुलेकमा बनाईएको सडक रोक्न माग
काठमाडौं, २७ बैशाख । प्रवासी नेपाली समाजले भारतले नेपालको लिपुलेक, गुञ्जी क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेको सडक निर्माण अविलम्ब रोक्न माग गरको छ ।
प्रवासी नेपाली जनसमाजका अध्यक्ष आजद सेनले एक विज्ञप्ति जारी गरी यसरी सडक निर्माण गर्नु नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथिको नाङगो हस्तक्षेप भएको भन्दै भारतसरकारसगँ सडक रोक्न माग गरेका छन् ।
भिडियो कन्फेरेन्स मार्फत भारतीय रक्षा मन्त्री राजनाथ सिहंले भारतबाट नेपालको लिपुलेक हुदै चीन तिव्वतको मानसरोबर जोड्ने बाटो शुक्रबार मे ८ मा उद्घाटन गरे पछि यसको चौतर्फी विरोध हुदै आएको छ ।
विज्ञप्तिमा भारतको उक्त कार्यको भत्र्सना गर्दै भारतसगँ कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न माग गरिएको छ । साथै भारतले नेपाली भूमिमा सडकको ट्रयाक खोलेर निर्माण कार्य गरीरहदा पनि सरकार मौन रहनु आत्मसमर्पणवादी कार्य भएको भन्दै विरोज जनाईएको छ ।