चीन र भारतले सीमा क्षेत्रमा सेना र आर्टिलरी हतियारको संख्या बढाए
काठमाडौँ , १९ जेठ । चीन र भारतबीच बढ्दो तनाबका बीच दुबै देशले सेना, हतियार र बन्दोबस्तीका सामाग्रीहरु ओसार्ने क्रम तीव्र बनेको छ । लद्धाख , डोकलाम लगायतका सीमा क्षेत्रमा भारतले सेना र आर्टिलरी हतियारको संख्या बढाए पछि चीनले पछिल्लो समय हिमाली क्षेत्रमा हुने युद्धका लागि तयार पारेका अत्याधुनिक हतियारहरु केन्द्रीत गर्न शुरु गरेको छ ।
ग्लोबल टाईम्समा उल्लेखित समाचार अनुसार टायप–१५ नामक उच्च हिमाली क्षेत्रमा कुदाउन सकिने टैक, जे–२० हेलिकप्टर, जि जे–२ ड्रोन तैनाथ गरिएको छ । हिमाली क्षेत्रको युद्धका लागि बनार्ईएका हलुका खालका टैंकहरु अघिल्लो बर्ष मात्रै चीनले विकास गरेको थियो । त्यस्तै पिसिएल–१८१ गाडीहरु बोर्डरमा तैनाथ गरिएको छ । यो पिसिएलले डिजिटल्ली निशानाहरु लक्षित गन अटोमेटिक फिट गर्न सक्ने क्षमताको भएको जनमुक्ति सेनाको स्रोतलाई उद्धृत गर्दै ग्लोबल टाईम्सले लेखेको छ ।
त्यस्तै जे–२० हेलिकप्टर जुनसुकै मौसममा समेत सुरक्षित उडान गर्न सकिने खालको भएको पनि जनाईएको छ ।
सन् १९६२ मा युद्ध लडेका चीन र भारतबीच फेरी सीमानाको तनाब उच्च बनेको छ । त्यस युद्दमा पराजीत भएको भारतले पनि यस पटक आफ्ना सेना र हतियार सीमानामा तैनाथ गरिरहेको छ ।
संख्यात्मक हिशाबले पहिलो र दोस्रो ठूलो सैन्य शक्ति भएको चीनसगँ २१ लाख २० हजार सेना रहेको छ भने भारतसगँ १४ लाख बढीरहेको छ । चीनले पछिल्लो समय करीब २ लाख सेना घटाएको थियो । -एजेन्सी