कुवेतबाट १४२ जना नेपाली स्वदेश फर्कंर्दै

२०७७ जेष्ठ ३० गते, शुक्रबार

काठमाडाैं, ३० जेठ । हिजो कुवेतबाट ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएकाे सरकारले आज पनि १४२ जना नेपाली महिलालाई काठमाडौं ल्याउदैछ । उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट जहाज उडिसकेको छ । नेपाल साढे ११ बजे आइपुग्ने बताइएकाे छ । फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]