बिदेशमा १९१ नेपालीको कोरनावाट मृत्यु : ५९ ,४११ संक्रमित

काठमाडौं । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म विदेशमा रहेका ३३ हजार ४ सय ९९ नेपालीमा संक्तमण पुष्टि भएको छ भने बिदेशमा १ सय ९१ नेपालीको कोरना संक्रमणवाट मृत्यु भएको छ । भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो । ती ८३ प्रतिशत निको भएका छन् ।
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्दार गरिएको छ । विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टी गरिएको छ । ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको छ ।