भारतमा एकैदिन ७० हजार बढी कोरोना संक्रमित थपिए

२०७७ भाद्र ४ गते, बिहीबार


काठमाडौं । भारतमा एकै दिन ७० हजार १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा एकै दिन फेला परेका कोरोना संक्रमितको सबैभन्दा उच्च हो । महाराष्ट्रमा १३ हजार र उत्तर प्रदेशमा ५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २८ लाख ३५ हजार ८ सय नाघेको छ । हिजो एकै दिन भारतमा ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ हजार पुगेको छ ।
हिजो विश्वमा दुई लाख ५८ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन । ६ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोनावाट हालसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७६ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलामा ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार नाघेको छ । मेक्सिकोमा ५८ हजार, बेलायतका ४१ हजार र इटालीमा ३५ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ७७ हजार नाघेको छ । समध्ये एक करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । सात लाख ९० हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]