कोरोनाबाट विदेशमा रहेका १९२ नेपालीको मृत्यु

२०७७ भाद्र ८ गते, सोमबार


काठमाण्डौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वव्यापी महामारी कोरोनाबाट विदेशमा रहेका १९२ नेपालीले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।
समितिका अनुसार पछिल्लो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबियालगायत देशमा कोरोना सङ्क्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भएको उल्लेख गर्दै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन ।
विदेशमा मात्र ३४ हजार ३०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]