भारतमा दैनिक कोरना संक्रमित र मृत्यु विश्व कै सबैभन्दा बढी !

२०७७ भाद्र १५ गते, सोमबार


काठमाडौं । वर्ल्डाेमिटर्सले अमेरिका र ब्राजिलमा भन्दा गएको २४ घण्टामा भारतमा धेरै कोरोना संक्रमित फेला परेको जनाएको छ । शनिबार भारतमा एकैदिन ७९ हजार ४ सय ५७ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । शनिबार त्यहाँ काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि अरू देशकाे भन्दा बढी ९६० रहेकाे छ ।
गएकाे पछिल्लाे घण्टामा अमेरिकामा ३३ हजार ९ सय ८१ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा १५ हजार ३ सय ५६ जना नयाँ संक्रिमत फेला परेका छन् । शनिबार अमेरिकामा ३ सय ७९ जनाकाे मृत्यु भएकाे छ भने ब्राजिलमा ३ सय ९८ जनाकाे मृत्यु भएकाे वल्डओमिटरले जनाएको छ ।
अहिलेसम्म भारतमा काेराेना संक्रमितकाे संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेकाे छ । अमेरिकामा ६१ लाख ७३ हजार बढी संक्रमित छन् भने ब्राजिलमा ३८ लाख ८६ लाखभन्दा बढी संक्रमित छन् । संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ४४२ जनाको उपचार भइरहेको छ ।
यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]