भारतमा एकै दिन ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । वर्ल्डोमिटर्सका अनुसार भारतमा बिहीबार एकै दिन ८२ हजार ८६० जना कोरोना संक्रमित भएका छन्, यो संख्या भारतमा एकैदिन संक्रमित हुने अहिलेसम्म कै उच्च संख्या हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।