भारत र चीनका रक्षामन्त्रीबीच रुसमा भेटवार्ता

२०७७ भाद्र २० गते, शनिबार


काठमाडौं । सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच सांघाई सहयोग संगठनको बैठकमा क्रममा रुसमा भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वी हेङफीबीच सीमा विवादमा समाधान खोज्ने विषयमा २ घण्टा २० मिनेट छलफल भएको हो । छलफलमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने बताएका छन् । चीनका रक्षामन्त्री वी हेङफीले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने बताएका छन् । जुनमा लद्दाख मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीच तनाव बढ्दै गएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]