भारतमा चक्काजाम !

२०७७ आश्विन ९ गते, शुक्रबार


काठमाडौँ । अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम गरेको छ । संसद्को दुवै सदनले पारित गरेको विधेयक किसान विरोधी भएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ । विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने गरी आएको किसानको भनाइ छ ।
सरकारले भने बिधयेकले किसानको आय बढ्ने र उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । विधयेकको विरोधमामा पंजाब र हरियाणामा ठुला प्रदर्शन भएका छन् । विधयेकको बिरोधमा पन्जाबमा बिहीबार रेल रोक अभियान सञ्चालन गरिएको थियो । आन्दोलनमा राजनीतिक दलले पनि साथ दिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]