भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

काठमाडौँ । भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा आज विहान निधन भएको हो । सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह कोमामा थिए । राजस्थान बाडमेरका जसवन्त सिंहले अटल बिहारी बाजपेयीको सरकारमा विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । सिंहले पूरै इमान्दारिताका साथ देशको सेवा गरेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् ।-एजेन्सी