भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

२०७७ कार्तिक १९ गते, बुधबार


काठमाडौं । भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो ।
विवादमा आइराख्ने गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको बताएको छ । गोस्वामीले प्रहरीले उनकी श्रीमती, छोरा र सासुससुरामाथि हातपात गरेको आरोप लगाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]