एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता रद्ध

२०७७ पुष २ गते, बिहीबार


काठमाडौ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको बताइएको छ । यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो । श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो । तर त्यसको दिर्घकालिन असर रहेकाले अस्वीकार गर्ने निर्णय लिएको श्रीलंकाका मिडियाले लेखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]