ट्रम्पका आगामी दिन कठोर र कहालीलाग्दा

अनिलभक्त खरेल २०७७ पुष ६ गते, सोमबार

अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जसरी पनि आप्mनो पक्षमा पार्ने योजनाका साथ राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलार्ई सुप्रिम कोर्टको न्यायाधीशमा नियुक्त गरे पनि उन्को प्रयास अहिले आएर व्यर्थ भएको छ अर्थात् बालुवामा महल खडा गरेजस्तै भयो । आप्mनो अर्थात रिपब्लिकनको पक्षमा २ तिहाई न्यायाधीश हुँदा पनि अदालतले ट्रम्पको पक्षमा कुनै फैसला नसुनाउनुले अमेरिकी अदालतप्रति सबैको सम्मान जागेको छ । आमजनतालार्ई २० बर्ष अगाडिको एलगोर र जर्जबुस जुनियरको इतिहास फेरि दोहोरिन्छ कि भन्ने शंका थियो तर अदालतले जनताको त्यो शंकालार्ई हटाइदिएको कारण अदालतप्रति अझै बढी सम्मान बढेको छ । अमेरिकी अदालत कुनै पनि व्यक्ति, संस्था र पार्टीको पक्षमा हुँदैन भन्ने सन्देश दिएको छ । अदालत जहिले पनि तटस्थ हुन्छ । कानुन, न्यायको पक्षमा नै हुन्छ र हुनुपर्छ भन्ने सन्देश विश्वलार्ई दिएको छ ।

आपूmले हारेका राज्यहरुमध्ये मुख्यतः पेन्सलभेनिया, जर्जिया, मेचिगन, विन्किन्सन राज्यका हुलाकी मतलार्ई अबैधानिक घोषणा गर्नको लागि टेक्सास राज्यका वकिल केन पाक्सटनले सर्वोच्च अदालतमा हालेको मुद्दालार्ई अदालतले गत शुक्रवार डिसेम्बर ११ मा खारेजी गरेसँगै ट्रम्पमाथि ठूलो मानसिक दबाब परेको छ तैपनि उनी अझै आप्mनो हार स्वीकार्न गर्न सकिरहेका छैनन् । स्मरण रहोस् यसअघि ट्रम्प समर्थक वकिलहरुले ती ४ राज्यसहित अन्य राज्यमा गरी झण्डै ५ दर्जन मुद्दा हाले पनि सबै मुद्दा हारिसकेका थिए । ट्रम्पले मुद्दा मामिलाको लागि अन्तिम अस्त्रको रुपमा सर्वोच्च अदालतलार्ई हेरेका थिए । सर्वोच्च अदालतको ९ सदस्यीय न्यायाधीशमध्ये रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेका ६ जना न्यायाधीशहरु हुनुले ट्रम्पमा आशा पलाउनु स्वभाविक नै हो । अदालतको उनीहरुलार्ई निरास बनाएसँगै अब अन्यथा केही भएन भने वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् किनकि आज वाइडेनले ३०८ इलेक्ट्रोरल पाइसकेका छन् जब कि राष्ट्रपति हुन जम्मा २७० मत चाहिन्छ ।

आज राजधानी डिसीका अलावा ५० राज्यका ५३८ इलेक्ट्रोरलमध्ये ३०६ इलेक्टोलरले वाइडेनलार्ई मत दिएर विजयी गराए पनि ट्रम्प र रिपब्लिकनहरुले हार स्वीकार गर्न नसक्नुले अमेरिकी राजनीतिमा अर्को अध्याय सुरुवात भएको छ । वाइडेनको विजयलार्ई रिपब्लिकनका लिडरहरुले समेत स्वीकार नगर्नु प्रजातान्त्रिक अभ्यासको उपहास बताउँदै सन् २०१६ तथा २०२० मा रिपब्लिकन पार्टीबाट मेचिगन राज्यको १० डिष्ट्रिकबाट हाउसमा जितेका हाउस अफ रेप्रिजेन्टिभ पल मिचेलले पार्टी छोडेको घोषणा गर्नुले रिपब्ल्किन पार्टीलार्ई ठूलो धक्का लागेको छ । रिपब्लिकनमा पहिरो जान सुरु भएको छ अब के–कति क्षति भयो रिपब्लिकनका अडिटरहरुले अडिट गर्लान् नै । हुन त प्रेम र युद्धमा जे पनि जायज हुन्छ भनेझैं ट्रम्पले अझै हार स्वीकार गरिनसकेको अवस्थामा राष्ट्रपतिको युद्ध र कुर्सीको प्रेममा के–कस्ता बबण्डर मच्चाइने हुन् यसै भन्न सकिन्न किनकि वाइडेनलार्ई राष्ट्रपतिमा विजयी भएको घोषणा उपराष्ट्रपतिले नै गर्नुपर्नेछ । डिसेम्बर १४ मा भएको चुनावी नतिजाको घोषणा ६ जनवरी २०२१ का दिन सबै सिनेट सदस्य, हाउस प्रतिनिधिका सामु उपराष्ट्रपति माइक पेन्सले गर्नुपर्नेछ । वाइडेन विजयी भएको घोषणा गर्नुपूर्व कुनै पनि सिनेट सदस्य वा हाउस प्रतिनिधिले वाइडेन विजयी हुन नसक्नेबारे ५ मिनेट आप्mनो राय राख्न पाउने व्यवस्था छ । त्यो बोल्ने सिनेटर वा हाउस प्रतिनिधिको रायलार्ई एकजना प्रस्तावक र एकजना समर्थकले साथ दिएको खण्डमा सोही दिन कंग्रेसमा (हाउस र सिनेटमा) राष्ट्रपतिको लागि गोप्य मतदान हुनेछ । सोही दिन दुबै सदनलेनै राष्ट्रपतिलार्ई निर्वाचित गर्नुपर्ने हुन्छ । रिपब्लिकनहरुले आप्mनो पक्षमा सिनेटको बहुमत पुग्ने आँकल गरेकै कारण ट्रम्पले सो अन्तिम अस्त्र प्रयोग नगर्लान् भनेर भन्न सकिन्न । स्मरणरहोस् अहिले रिपब्लिकनको पक्षमा ५० सिनेटर छन् । यदि चुनाव हुन बाँकी रहेको जर्जियाको २ सिटमध्ये रिपब्लिकनले १ सिट मात्रै जित्योभने सिनेट रिपब्लिकनको कब्जामा जानेछ अर्थात् ५१ सिट भयो भने सिनेटमा बहुमत हुन्छ । ट्रम्पले असली खेल त अझै सुरु भएको छैन भनेर यत्तिकै भनेका नहोलान् ? हुन त अमेरिकाको कंग्रेस (सिनेट र हाउस) का प्रतिनिधिलार्ई पार्टीको ह्वीप लाग्दैन । आजै पार्टी छोडेको घोषणा गरेका हाउसका प्रतिनिधि पल मिचेललार्ई पनि पार्टीको ह्वीप लाग्दैन । यसअघिनै केही रिपब्लिकन सिनेटरहरुले वाइडेनलार्ई बधाई दिइसकेका कारण ट्रम्पको सपना दिवा सपना नै नहोला भन्न सकिन्न । जनवरी ६ ट्रम्पले सोचेजस्तो सहज र सजिलो छैन । त्यो उनको लागि आत्मरति मात्र पनि हुन सक्छ । ट्रम्पका खास मान्छेमा गनिएका उपराष्ट्रपति माइक पेन्स जनवरी ६ तारिखका दिन कसरी प्रस्तुत होलान् त्यो पनि प्रतीक्षाकै विषय भएको छ । झण्डै आधा दर्जन क्रिमिनल मुद्दा तथा कर छली मुद्दा झेलिरहेका ट्रम्पका आगामी दिन कठोर र कहालीलाग्दा हुन सक्छन् त्यही भएर नै उनले अहिले अनेक तिकडम अपनाइरहेको हुनुपर्छ । होइन भने उनलार्ई अझै सजिलै हार स्वीकार गर्न किन र कसरी गाह्रो भइरहेको छ ? आमअमेरिकी नागरिक प्रश्न गरिरहेका छन् । अब ट्रम्प कसरी सेफ ल्याडिड होलान् त्यो भने समयलार्ई छोडिदिउँ ।

– भर्जिनिया, अमेरिका

प्रतिक्रियाहरु

[anycomment]