जनप्रगतिशील मोर्चा मलेसियाद्वारा वैज्ञानिक समाजवाद स्थापनाको लागि एकजुट भई अगाडि बढन आग्रह

२०७७ पुष ८ गते, बुधबार

काठमाडौं । जनप्रगतिशील मोर्चा मलेसियाले दलाल संसदीय व्यवस्थाको भ्रममा नपर्न र एकिकृत जनक्रान्ती मार्फत प्रतिक्रान्ति लाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि एकजुट भई अगाडि बढन आग्रह गरेको छ । मोर्चाका अध्यक्ष बिजय लामा र महासचिव तुफान सिंहले संयुक्त बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । यस बिषयमा जनप्रगतिशील मोर्चा मलेसियाका अध्यक्ष बिजय लामा र महासचिव तुफान सिंहले जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ – “दलाल संसदीय व्यवस्था भित्र न्यायोचित मुक्ति र समुन्नत समाजको परिकल्पना, श्रमजीवी वर्ग माथि शोषण उत्पीडन कायम राख्दै। कथाकथित दलाल भ्रष्ट तस्करहरुको शाशन सत्ता कायम राख्नरचिएको शब्दजाल र भ्रम मात्र हो। यसको विकल्प वैज्ञानिक समाजवाद हो र अाजको सम्पुर्ण नेपालीहरुको मुक्ति बाटो भनेको भनेको वैज्ञानिक समाजवाद स्थापनाको लागि क्रान्तिको बाटो नै बस्तुगत वास्तविक हो। भन्ने दुर्शी विचार सहित क्रान्तिमा होमिएको विप्लव नेतृत्वको नेकपाको निर्णय र संघर्ष कति महत्वपूर्ण र संवेदनशील साथै सान्दर्भिक छ। भने कुराको पुष्टि अहिले को व्यवस्थाको असफलता र राजनैतिक घटना क्रमले झनै पुष्टि गरेको छ।
संविधानको ध्वजी उडाऊँदै राजनैतिक दल माथि प्रतिबन्ध लगाउने केपि सरकार! अाफ्नै पार्टी एक तिहाई बहुमतको नजिक रहेको संसद विगठनको निर्णयमा पुग्नुको कारण संसदीय व्यवस्थाको चलचित्र , ब्यक्तिगत महत्वकांक्षा स्वेच्छाचारी रवौया ! संसदीय व्यवस्थामा रहेको दलाल र विदेशीहरुको गुलामहरुको प्रवृत्तिको कारण विदेशी घुसपैठ अादि मुख्य हुन। यो नै दलाल संसदीय व्यवस्थाको सक्कलीरुप हो। त्यसैले सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनी देशमा तथा बिदेशमा छरिएर रहनु भएका बौद्धिक श्रमजीवी यूवाहरु यतिबेला हामीले गम्भीरतापूर्वक सोच्ने र क्रान्तिमा होमिने बेला भएको छ। क्रान्ति बाट मात्र देश जनताको मुक्ति समुन्नत नेपाल निर्माण गर्ने सकिनछ। सम्पुर्ण प्रकारका उत्पिडन र वैदेशिक हस्तक्षेप बाट देश र जनतालाई मुक्त गर्न वैज्ञानिक समाजवादको विकल्प छैन। भन्ने कुरा ३० बर्षसम्मको संसदीय अभ्यासले प्रष्टै दिखिएको छ। लोकतान्त्रको नाममा भ्रमको खोति गर्ने केपि दलाल सरकार झनै संसद विघटनले संसदीय व्यवस्था जनताको पक्षमा छ कि अमुख दलाल हरुको हितमा छ प्रष्ट भएको छ। साथै अहिलेको राष्ट्रिय संकटलाई गम्भीरतापूर्वक नलिने हो भने राष्ट्रिय झनै ठूलो संकटमा फस्ने खतरा छ। यसलाई रोक्नु हामी सबै दायित्व हो। त्यसकारण हाम्रो गौरवशाली पार्टी नेकपा निकट जनप्रगतिशील मोर्चा मलेसिया यो हार्दिक अपिल गर्दछौं कि दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौ ! एकिकृत जनक्रान्ती मार्फत प्रतिक्रान्ति लाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि एकजुट भई अगाडि बढौं। अबको संघर्ष निर्णय र ७० बर्ष सम्म नेपाली जनताले गरेको बलिदानी पुर्ण संघर्षको बिजय दिन हुने छ। जसको सुनिश्चितता वैज्ञानिक समाजवाद वाट मात्र संभव छ।”

प्रतिक्रियाहरु

[anycomment]